निता फाउन्डेसनको आयोजनामा एचआईभि संक्रमितको स्वास्थ्य बिमा र उपचारमा सहज बाताबरणबारे सरोकारवाला अन्तरकृया कार्यक्रम सम्पन्न

Date:

अजित कुमार भुजेल , बिरगंज । निता फाउन्डेसन सस्थाको आयोजना आज नारायणी अस्पताल बिरगंजको सभाहलमा  सन्चालन समुदाय नेतुत्व तथा अनुगमनको कार्यान्वयन साझेदारहरु बीच कार्य अधावधिक गर्ने कार्य टोलिको बैठक सम्पन्न भयो ।

निता फाउन्डेसन सस्थाले एचआईभि संक्रमित भएका व्यक्तिहरुको बारेमा सेवाग्राहि र सेवा प्रदायिक बीच पुलको काम गर्ने काम गर्दै आईरहेको सो कार्यक्रममा फाउन्डेसनका पर्सा डिस्ट्रिक फोकल पर्शन दिलिप खड्काले जानकारी गराएका थिए ।

सो कार्यक्रममा सरोकारवालाहरुले  एचआईभी संक्रमित भएका व्यक्तिहरुको स्वास्थ्य बिमा उनिहरुको पहुँच भन्दा टाढा रहेको , स्वास्थ्य कहाँ र कसरी गर्ने र स्वास्थ्य बिमाबाट संक्रमित व्यक्तिहरुले के कस्तो सुबिधा र कस्तो औंषधि निसुल्क पाउने भन्ने जानकार नभएकोले सर्वप्रथम त्यस तर्फ पनि ध्यान दिन आग्रह गरेका थिए ।

त्यसैगरि सेवाप्रदायिक स्वास्थ्यकर्मिहरुले एचआईभी संक्रमित भएका व्यक्तिहरुले खुलेर आफ्ना कुरा नराख्नाले उपचारमा कठिनाइ हुने भएको र आफुलाई पैसा र भत्ता नपाउने भए गलत जानकारी दिने हुदा काम गर्न अप्ठ्यारो भएको सो कार्यक्रममा जानकारी गराईएको थियो । संक्रमण व्यक्ति उपचार गर्न आएपनी घर फर्कन गाडी भाडा र औंषधि किन्न समेत पैसा माग्ने जस्ता समस्या रहेको र औंषधि पनि अस्पतालमा पर्याप्त मात्रामा नहुने र भएपनि उपलब्ध नगराउने भएकोले औंषधि पसलमा अनुगमन हुनु पर्नेमा जोड दिएका थिए ।

सुरक्षाको दृस्टिकोणले संक्रमण भएका क्लाईन्टहरुको गोपनियता नभएको , समयमा उपचार नभएको , नर्मल पेसेन्टलाई चेकजाच पछि मात्र हामिहरुलाई चेकजाच गर्ने , समयमा खाना खुवाउनु पर्नेमा ढिलो खुवाउने , बस्ने ठाउ सफासुग्घर नभएको , शुद्ध पानीको व्यवस्था हुनु पर्ने , पोषिलो खानेकुरा खुवाउनु पर्ने , खानामा पनि भेदभाव भएको , विभिन्न लान्छना , भेदभाव , घरेलुु , पारिवारिक , सामाजिक हिंसाका कारण स्वास्थ्य सेवामा संक्रमितहरु उपचार सेवामा खुलस्त सहभागी हुन नसेको सो कार्यक्रममा जानकारी गराईएको थियो ।

एआरटि केन्द्रको भौतिक संरचना सानो छ ।एआरटि केन्द्रलाई ठुलो ठाउमा सार्न गार्‍हो छ । Nalaxon औंषधि OST केन्द्रमा उपलब्ध छैन । पोषण खानेकुराको व्यवस्था छैन । सफा पिउने पानी , खाने ठाउ सफासुघ्रर ,  फ्रिज , पंखाको व्यवस्था छैन ।
नारायणी अस्पतालमा रहेको एआरटि शाखाको रेकर्ड अनुसार अहिलेसम्म १४०० देखि १५०० जना संक्रमित रहेको जानकारी दिएका थिए । तर स्वास्थ्य बिमा मात्र ९२६ जनाले गरेको रेकर्ड रहेको र अरु बिरामीको बिमा नभएकोले अबदेखि सबैको बिमा रेकर्ड राख्नु पर्ने बताउदै एचआईभि संक्रमितहरु किन नियमित उपचार गर्न आउदैनन । यौनकर्मि र एचआईभि संक्रिमितहरुको पहिचान गरि समयमै स्वास्थ्य परिक्षण गर्न आआफ्नो तर्फबाट सबै सरोकारवालाहरुले प्रतिबद्धता व्यक्त गरेका थिए ।

नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट चुनम लाल दासको अध्यक्षतामा भएको सो कार्यक्रमका  वरिष्ठ स्वास्थ्य प्रशासन महाशाखा पर्साका डा. मुक्ति नारायण साह , बिरगंज महानगर पालिकाका जनस्वास्थ्य बिकास शाखाका राजु प्रसाद साह , बारा प्लसका हुसेन अन्सारी , बिजामका कार्यक्रम सन्योजक अनोज खड्का , दिपक कुमार साह , स्पर्श नेपालका बिशान्त श्रेष्ठ , निता फाउन्डेसनका राजन केसि , धिरज शर्मा , नया जीवन बिकास सेवा समाजका नाजिया बानो , नारायणी अस्पतालका ज्योती गुप्ता , दिलमाया पाजा , सहयात्री समाज नेपालका सन्जु महतो, स्वास्थ्य बिमा बोर्डका अप्सरा बस्नेत , लगायतको सहभागी रहेको थियो ।

कार्यक्रम सन्चालन तथा  निता फाउन्डेसन पर्साको परिचय सहित अहिलेसम्म गरेको काम र उपलब्धिहरुका बारेमा जानकारी निता फाउन्डेसन पर्साका डिस्ट्रिक फोकल पर्सन दिलिप खड्काले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

खाद्य स्वच्छता उल्लंघन गर्ने व्यवसायीमाथि कारबाही, नियमित अनुगमनले बजार सुधार हुने विश्वास

पर्सा पोस्ट, भदौ ५ गते, वीरगञ्ज । वीरगञ्जमा उपभोक्ताले...