सामाजिक अभियन्ता एवं पत्रकार कन्हैया पटेलद्वारा २८ औं पटक रक्तदान गरि एक महिलाको जिवन बचाए

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंज  बिर्ता स्थित अलि ट्रमा सेन्टर अस्पतालमा जीवन-मृत्युको संघर्ष गरिरहेकी एक सिकिस्त महिलाको जीवन बचाउन समाजसेवी एवं पत्रकार कन्हैया पटेलले २८औं पटक रक्तदान गरेका छन्।

महिलाको स्वास्थ्य स्थिति गम्भीर भएपछि उनलाई ताजा रगतको अति आवश्यकता परेकोले रक्तदानको लागि सम्पर्क गरियो र उनले तुरुन्तै बिरगंज  रक्तसंचार केन्द्रमा पुगेर रक्तदान गरेका थिए।

रक्तदान पछि पत्रकार कन्हैया पटेलले भने, “रगत बिनाको जीवनको कल्पना असम्भव छ। आफ्नो इच्छाले गरिएको रगतदान जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्छ। म नियमित रक्तदाता हुँ र आगामी दिनमा पनि रक्तदान गरिरहने छु।”उनले भने रक्तदान नै जिवनदान हो सबै जना मानिसहरुले हरेक तीन तीन महिनामा रक्तदान गर्नु पर्छ। रक्तदान गर्नाले अनेकौ किसिमका बिमारीबाट छुटकारा पाईने बताए ।

पत्रकार कन्हैया पटेल जस्ता व्यक्ति समाजका लागि प्रेरणाको स्रोत हुन्। रक्तदान मार्फत अन्य व्यक्तिहरूलाई पनि यस्ता मानवीय कार्यमा सहभागी हुन प्रेरणा दिने प्रयास भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...