अजित कुमार भुजेल , बिरगंज । हिन्दू जागरण नेपालको प्रमुख आयोजना र नेपाल विश्व हिन्दू महासंघको सहयोगमा पर्सा जिल्लाको पकहामैनपुर
गाउँपालिकामा करिब १५० जना दलित बालबालिकाहरूलाई ज्याकेट वितरण गरिएको छ। दुई वर्षदेखि १४ वर्षसम्मका बालबालिकालाई लक्षित गर्दै यो कार्यक्रम सम्पन्न गरिएको हो।
पौष महिनाको चिसो मौसमलाई मध्यनजर गर्दै हिन्दू जागरण नेपालका ध्रुव प्रसाद लुइँटेल र पं. रामकृष्ण उपाध्यायको विशेष समन्वयमा सहयोग वितरण कार्यक्रम आयोजित गरिएको थियो। नेपाल विश्व हिन्दू महासंघका विजय प्रकाश निषाद, अभिषेक तिवारी र विशाल झाको उपस्थितिमा यो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
चिसोको समयमा आवश्यक सहयोग पुर्याउने उद्देश्यले बालबालिकालाई ज्याकेट वितरण गरिएको यस कार्यक्रमले स्थानीय समुदायमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ। हिन्दू जागरण नेपाल र नेपाल विश्व हिन्दू महासंघले भविष्यमा पनि यस्ता सामाजिक सेवाकालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए।नेपाल विश्व हिन्दू महासंघका
अभिषेक तिवारीले जानकारी गराएका थिए।