अङ्ग्रेजी नया बर्षको पहिलो दिन बिरगंज महानगर पालिका तथा ग्रिनसिटि सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा स्वच्छ एवं हराभरा सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंज महानगरपालिका वडा न. ४ स्थित श्री त्रिजुद्ध महाबीर प्रसाद रघुबीरराम उच्च मा.बि. मा सरसफाई तथा हरियालि सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ग्रिनसिटि सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

बिरगंज महानगरपालिका पर्सा तथा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर बिरगंज पर्सा र ग्रीनसिटी सामुदायिक प्रहरी सेबा केन्द्र आदर्शनगर बिरगंज पर्साको संयुक्त आयोजनामा आज बिद्यार्थी भाइबहिनीहरूलाई सरसफाई तथा हरियाली सम्बन्धि समाजमा परिवर्तन र विकास ल्याउनु छ भन्ने सर्वप्रथम आफैबाट सुरुआत गर्नु पर्ने र आजका बालबालिका, किशोर किशोरीहरू देशका भविष्यका जरा भएकोले सुरुआतबाटै बिरगंजलाई अझ हराभरा र सफा सुन्दर बनाउनका लागि सानैदेखि नै सरसफाई र हरियालीको महत्व बुझ्न र बुझाउन तथा यसको बानी बसाल्नका लागि  स्कुलमा सरसफाई र हरियालीको महत्व अति आवस्यक रहेको अध्यक्ष खेतानले जानकारी दिनु भएको थियो ।

त्यसैगरि ब्यवस्थित बिरगंज अभियानका सन्योजक एवं युवा नेता दिलिप राज कार्किले सर्वप्रथम आफु पढ्ने स्कुल र घर आफैले सफागर्नु पर्नेमा जोड दिदै आफ्नो जन्मदिन होस वा आमाबुवाको बैवाहिक बर्षगाठको दिन फजुल खर्च गरि मनाउने पार्टीको सट्टा कमसेकम हरियालि वातावरणको लागि, जसले हामिलाई स्वच्छ अक्सिजन दिन्छ , त्यस्ता बोटबिरुवाहरु हरेक बर्ष रोप्नको लागि  उपस्थित विद्यार्थीहरुलाई प्रतिबद्धता व्यक्त गर्न आग्रह गरेका थिए ।

वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी वरिष्ठ नायब निरीक्षक यमनाथ पनेरुको बिशिस्ट आतिथ्य भएको सो कार्यक्रममा प्रहरी चौकि आदर्शनगरका प्रहरी नायब निरीक्षक स्वपनिल देवकोटा , जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब निरीक्षक सन्जिप तामाङ , बिरगंज महानगर पालिकाका सरसफाइ प्रमुख सर्फुदिन मिया, व्यवस्थित बिरगंज अभियानका संयोजक दिलिप राज कार्कि , सामुदायिक आखा अस्पताल बिरगंजका महेश सिंह धामि , ग्रीनसिटी सामुदायिक सेबा केन्द्रका उपाध्यक्ष संजय शर्मा , सुशिल कादमिया, त्रिलोक चन्द दारूका ,  ओमान तुल्स्यान,  ,चन्द्र अग्रवाल, पत्रकार अजित भुजेल , सुस्मिता यादव ,  प्र.ब.ह.बिनोद कुमार राम, प्रहरि जवान असलि यादव लगायत प्रधानाध्यापक , शिक्षक , शिक्षिका र विद्यार्थीहरुको उल्लेखनीय सहभागी रहेको थियो ।

त्यसैगरि विभिन्न प्रजातिका बोटबिरुवाहरु पनि सो कार्यक्रममा बितरण गरिएको अध्यक्ष खेतानले जानकारी दिनु भयो ।कार्यक्रम सन्चालन सन्चारकर्मि सुस्मिता यादबले गरेकि थिईन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

सकारात्मक सोच , विश्वास र मानवीय गुणले जीवन सफल बन्छ : बिमल सरार्फ

पर्सा पोस्ट , असार ०९ गते , रक्सौल, पूर्वी...

प्रयास र सकारात्मक सोचले मानव सिमाहरु पार गर्न सकिन्छ : बिमल सरार्फ

पर्सा पोस्ट , असार ०८ गते , रक्सौल, पूर्वी...

भन्सार सेवालाई पारदर्शी , प्रविधिमैत्री र सेवामुखी बनाउन सरोकारवालाको जोड

पर्सा पोस्ट, असार ०७ गते, वीरगञ्ज । वीरगञ्जस्थित एकीकृत जाँच...