अजित कुमार भुजेल , बिरगंज । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत हिन्दूहरूको महान चाडपर्व छठको पावन अवसरमा ग्रिनसिटी सामुदायिक सेवा केन्द्र तथा ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर पर्सा र रुँगटा वेयल फेयर सोसाइटी बिरगंज पर्साको सँयुक्त आयोजनामा पर्सा जिल्ला बिरगंज महानगरपालिका वडा नं २६ घुर्मि टोलमा साडी वितरण कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि रूँगटा वेयल फेयर सोसाइटी बिरगंज पर्साका अध्यक्ष सुरेश रुँगटाको उपस्थितीमा र ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा सुरक्षा निकाय तथा समाज सेवी, नागरिक समाज, संचारकर्मीहरु लगायत केन्द्रका पदाधिकारीहरु र स्थानीयहरुको उपस्थिति रहेको थियो ।
साडि बितरण कार्यक्रममा सहयोग पुर्याउनु हुनेहरुमा ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर पर्साका उपाध्यक्ष सन्जय शर्मा , सदस्य त्रिलोक चन्द दारुका, सुशिल कादमिया, चन्द्र अग्रवाल , राकेश अग्रवाल , कैलाश बजाज , सर्फुदिन मिया , सन्चारकर्मि संतोषमान रन्जितकार , ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर पर्साका प्रबह प्रेम राम लगाएको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।