छठ पुजा व्यवस्थापन समिति घडिअर्वा पोखरीद्वारा छठघाट्को तैयारी बारे पत्रकार सम्मेलन , अनुमानित खर्च १८ लाख ४४ हजार हुने

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंजको घडीअर्वा स्थित छठ पुजा व्यवस्थापन समिती घडीअर्वा पोखरी  द्वारा छ्ठ घाटको तैयारी बारे पत्रकार सम्मेलनको आयोजना गरेको छ ।

बुधबार घडीअर्वा पोखरी परिसरमा गरिएको पत्रकार सम्मेलनमा छठ पूजामा सजावटका लागि नेपाल मै प्रसिद्ध रहेको बिरगंज घडीअर्वा पोखरी छठघाटको सम्पूर्ण तयारी पुरा भएको जानकारी गराएको थियो।
छठ पुजा व्यवस्थापन समितिका अध्यक्ष दिप कुमार साह कानुको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रमका प्रमुख अतिथि सोहि वडा न.११ का वडा अध्यक्ष सुशील कुमार साह रहनु भएको थियोे। 

त्यसैगरि उपाध्यक्ष राकेश कुमार साह , सचीव लखनलाल गुप्ता,
सहसचीव प्रभाकर कुमार गुप्ता , कोषाध्यक्ष कन्हैयालाल गुप्ता , ,सहकोषाध्यक्ष संजय कुमार साह , क्रान्ति साह लगायतकाको उपस्थिति रहेको थियो भने घडीअर्वा स्पोर्ट क्लबका अध्यक्ष सन्तोष कानु,उपाध्यक्ष मनोहर साह कानु,सचिव सन्तोष गुप्ता,नन्दु साह लगायतको पनि सहभागीता थियो।

यसपालि छठघाटको सजावट र व्यवस्थापनमा गरि करिब १८ लाख ४४ हजार रुपैया खर्च हुने अनुमान गरिएको बताए । टेण्टपण्डालमा ७ लाख ८१ हजार , परिसर बाहिरको बत्ती सजावटमा ९० हजार , भिडियो ग्राफीमा ३५ हजार , पुरस्कारमा ४ लाख ८४ , सरसफाइमा ७५ हजार रुपैया खर्च हुने समितिका कोषाध्यक्ष कन्हैया गुप्ताले जानकारी गराएका थिए।

सो छठपुजा सुरक्षाको दुष्टिकोणले चारै तिर २२ ठाउमा  सिसिटिभी जडान गरिने एवं नगर प्रहरी , जनपद प्रहरी, सशस्त्र  प्रहरीहरु मिलाएर १०० जना प्रहरी  र स्बयम सेवक ४० सदस्यको टिमद्वारा गस्ती गराउने एवं बोटिङ गार्ड समेत परिचालन गर्ने छठपुजा ब्यवस्थापन समितिका अध्यक्षले पत्रकार सम्मेलनमा जानकारी दिनु भएको थियो।

सो कार्यक्रम बिरगंज महानगरपालिकाको सहयोगमा र टिकट बिक्रीबाट आएको रकम एवं २५० को नगदी सहयोग चिट्ठा बाट संकलन गरिएको बताएका थिए भने प्राइजमा इलेक्ट्रोनिक स्कुटर , एलइडि टिभी, पंखा, फ्रीज , वासिङ् मेसिन अन्य थुप्रै समानहरु पनि राखिएको छठपुजा ब्यवस्थापन समितिका अध्यक्ष दिप कुमार साह कानुले जानकारी गराएका थिए।
छठपुजा ब्यवस्थापन समितिका पदाधिकारीको पनि उपस्थिति रहेको थियो भने सन्चारकर्मीहरुको उपस्तिथिमा कार्यक्रम सम्पन्न भएको थियोे कार्यक्रम संचालन छठ पुजा व्यवस्थापन समिती  घडीअर्वा पोखरीका सचीव लखनलाल गुप्ताले गरेका थिए भने आय ब्यय प्रस्तुत छठ पुजा व्यवस्थापन समितीका कोषाध्यक्ष कन्हैयालाल गुप्ताले गरेका थिए।

नेपाल कै प्रसिद्ध वीरगन्जको घडीअर्वा पोखरी छठ घाटको सम्पूर्ण तयारी पुरा १८ लाख ४४ हजार रुपैया खर्च हुने अनुमानगत वर्षको छठमा छठघाट सजावट र ब्यवस्थापनमा १६ लाख २८ हजार ४५२ रुपैयाँ खर्च भएको र आम्दानीबाट खर्च कटाएर ७ लाख १० हजार रुपैयाँ बचतपनि भएको समितिका कोषाध्यक्ष गुप्ताले पत्रकार सम्मेलनमा जानकारी गराएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

३० दिने नि:सुल्क सिलाई तालिम सम्पन्न : रक्सौलमा ५० महिलालाई आत्मनिर्भर बन्ने अवसर

पर्सा पोस्ट बैशाख ०२ गते, रक्सौल । भारत–नेपाल सीमावर्ती क्षेत्र रक्सौलमा...

प्रभावकारी सार्वजनिक वक्तृत्वकला तालिम सम्पन्न , युवामा आत्मबिश्वास वृद्वि हुने अपेक्षा

पर्सा पोस्ट, बैशाख ०२ गते, वीरगंज । बिरगंज जेसीजको सप्ताहव्यापी...

बिरगंजमा मानव अधिकार रक्षकहरुको अवस्थामाथि गहन छलफल , ” सेफ हाउस ” अभाव मुख्य चुनौती

पर्सा पोस्ट, बैशाख ०२ गते, वीरगञ्ज । मानव अधिकार रक्षकहरूको...

भारतीय नम्बर प्लेटका सवारीमाथि बिरगंजमा कडाइ : ११ चालक कारवाहीमा

पर्सा पोस्ट, बैशाख ०२ गते, वीरगञ्ज । जिल्ला ट्राफिक कार्यालय...