अजित कुमार भुजेल , बिरगंज । कुर्मी सशतिकरण मंच पोखरिया नगर कमिटीले एक कार्यकम आयोजना गरी छठ पर्बको पावन अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ।
मंगलवार कुर्मी सशतिकरण मंच पोखरिया नगर कमिटीका अध्यक्ष परमानन्द प्रसाद कुर्मीको अध्यक्षतामा सम्पन्न भएको थियोे।
सो कार्यक्रममा अतिथि मिताराम कुर्मी, बन्का कुर्मी, नन्द लाल कुर्मी, दिपक पटेल, भगवान कुर्मी, प्रयाग कुर्मी, किशोरी कुर्मी, राजनारायण कुर्मी, ईन्द्रदेव कुर्मी, श्यामकिशोर कुर्मी, सुर्य नारायण कुर्मी लगायत कुर्मी स्वजातिय समाजसेवी तथा युवाहरूको उपस्थिति रहेको थियो ।
त्यसैगरि सो कार्यक्रममा अतिथिहरुले आ-आफनो शुभकामना मंतव्य द्वारा शुभकामना आदान प्रदान गरेका थिए।
पोखरिया नगर पालिका वडा न. ७ रानीगंजको कार्यालयमा सम्पन्न भएको थियोे भने सो कार्यक्रमको सहजीकरण पन्नालाल प्रसाद कुर्मीले गरेका थिए।