बिरगंजमा सोमबार देखि पुनः रात्रि बजार सन्चालन गर्ने

Date:

अजित कुमार भुजेल , बिरगंज । दिपावलीको अवसर पारेर बिरगंजमा पुनः ‘रात्रि बजार’ सञ्चालन गरिने भएको छ । बिरगंज महानगरपालिकाले आदर्शनगर चोकदेखि भाजुरत्न चोकसम्म
सोमबारदेखि ‘रात्रि बजार’ सञ्चालन गर्ने तयारी गरेको हो ।

सोमबारदेखि बिहीबारसम्म दिपावली लक्षित रात्रि बजार सञ्चालन गर्न लागिएको बिरगंज महानगरका मेयर राजेशमान सिंहले जानकारी दिए ।

बिरगंजको अर्थतन्त्र चलायमान बनाउन र अबेरसम्म बजार सञ्चालन हुने वातावरण बनाउन रात्रि बजारले भूमिका निर्वाह गर्ने उहाँको विश्वास छ ।  
वीरगंज महानगरपालिका र ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा हुन लागेको रात्रि बजारमा खानाका विशेष परिकार, लत्ताकपडा, कस्मेटिक, भाडाँकुडा लगायतका सरसामानका स्टल राखिनेछ । 

यसका साथै नेपाली सांस्कृतिक परम्परा झल्कने झाकीको प्रस्तुतीका साथै दिपावली र छठ पर्वको शुभकामना आदानप्रदान गर्ने कार्यक्रम समेत आयोजना हुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा नौदिने श्री रामकथा महायज्ञ भब्य रूपमा सम्पन्न , ५ हजारभन्दा बढीले महाप्रसाद ग्रहण

पर्सा पोस्ट, बैशाख १७ गते, वीरगञ्ज । वीरगञ्जस्थित पञ्चमुखी हनुमान...

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...