रेडियो सिमान्चल ९५.१ मेगाहर्जको शनिबार बिधिवत रुपमा संघीय सरकारका खानेपानी मन्त्री यादवले गरे उद्घाटन

Date:

अजित कुमार भुजेल , बिरगंज । नेपाल पोस्ट डेली प्राइवेट लिमिटेड द्वारा संचालित रेडियो सिमाञ्चल ९५.१ मेगाहर्ज़को शनिबार बीरगंज स्थित बृंदावन होटलमा बिधिवत रूपमा शुभारंभ समारोह कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल पोष्ट मिडिया प्रालीका अध्यक्ष मनोज पटेलको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि संघिय सरकारका खानेपानी मन्त्री माननीय प्रदिप यादवले पानसमा बत्ति बालेर उद्घाटन समारोहलाई सम्बोधन गर्नु हुदै आवाज बिहिनहरुको आवाज बनोस , समाजमा भएको बिकृती बिसङगतिहरुलाई रेडियो मार्फत सरकार मार्फत पुर्याउने र सरकारले पनि रेडियो मार्फत आफ्ना काम र गरेका बिकासका कुराहरु जनतामा पुरयाउने माध्यम रेडियो नै भएकोले रेडियो एउटा भरपर्दो माध्यम भएकोले  सत्य तथ्य समाचार  प्रसारण गरेर जनताको मन जित्न सफल रहोस भनेर सुभ कामना दिदै अहिले पनि मार्निङ्ग वाकमा होस , गाउमा किसानी गर्नेहरु पनि रेडियो मार्फत देशमा भैइरहेको पल पलको खबरहरु सुन्ने  एवं  मनोरञ्जन वा जनचेतनामूलक कार्यक्रम  सुन्ने गरेको प्रमुख अतिथि मन्त्री यादवले बताएका थिए । देशमा जब जब ठुलठुला समस्याहरु आपत बिपत आउने गर्छ त्यसबेला रेडियो नै एउटा भरपर्दो साधन हुने गर्दछ ,  रेडियो मार्फत जनताको समस्याहरु राखिने र सरकारले पनि  त्यो समस्या सुनेर तत्काल सेवा दिने र बस्तु स्थिति थाहा हुने बताए ।

सो कार्यक्रममा बिरगंज महानगर पालिकाका मेयर राजेशमान सिंहले पत्रकारहरुको मात्र समस्या नभैइ हामीहरुको पनि समस्या हुने बताए । बिरगंज महानगरले राम्रा काम गरेको नदेख्ने तर राम्रो कामलाई पनि बङ्याएर जनतामा भ्रम फैलाउने यहाका केही पत्रकारहरु लागेको भन्दै  ईन्जिनीयर पनि आफै , न्यायाधीश  पनि आफै , सबै कुराको ज्ञाता र जानकार आफै भएको भन्दै आफ्नो अनुकूल भए राम्रो न्युज लेख्ने र आफू अनुकूल नभए मेयर चोर हो , मेयरले यस्तो गर्यो भनेर गलत समाचार सप्रेषण गर्ने काम गरेको भन्दै राम्रोलाई राम्रो र गलतलाई गलत त कम्तीमा भन्नु र लेख्न सक्नु पर्यो यहाका पत्रकारहरुले भन्दै सिंहले सुझाव दिदै रेडियो सिमान्चल ९५.१ मेगाहर्जको उत्तरोत्तर प्रगतिको समेत कामना गरेका थिए । 

त्यसैगरि नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहान, प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य निरज पिठाकोटे मगर , नेपाल पत्रकार महासंघका  मधेस प्रदेशका सचिव श्याम बन्जरा,  उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य डा. सुवोध गुप्ता, बिरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का लगायतकाले रेडियोको दीर्घकालिन प्रगतिको सुभकामना मन्तव्य दिएका थिए ।

स्वागत मन्तव्य रेडियो सिमान्चल ९५.१ मेगाहर्गका प्रबन्ध निर्देशक सन्तोष साहले र कार्यक्रमको  सहजीकरण सन्चारकर्मी अशोक संग्राेलाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

लायन्स क्लब इन्टरनेशनल जोन ३७ द्वारा वीरगञ्ज कपडा बैंकलाई कपडा सहयोग, निरन्तर सहकार्यको प्रतिबद्धता

पर्सा पोस्ट, श्रावण २४ गते, वीरगञ्ज। सामाजिक सेवामा सक्रिय लायन्स...

सबैया साझेदारी वन उपभोक्ता समूहको प्रथम साधारणसभा सम्पन्न, वन संरक्षणमा जनसहभागिता बढाउन मन्त्रीहरूको जोड

पर्सा पोस्ट, साउन २४ गते, वीरगञ्ज (पर्सा)। पर्सा जिल्लास्थित सबैया...

राउन्ड टेबल नेपाल र रोट्याक्ट क्लबको संयुक्त रक्तदान : ५८ युनिट रगत संकलन, ‘मानवता बलियो बनाउन नियमित रक्तदान गरौं’

पर्सा पोस्ट, श्रावण २३ गते, वीरगञ्ज। वीरगञ्जमा पछिल्लो समय देखिएको...

मनियारी मुसहर टोलमा वीरगञ्ज कपडा बैंकद्वारा ६ सय थान निःशुल्क कपडा वितरण

पर्सा पोस्ट, श्रावण २३ गते, वीरगञ्ज। मानवीय सेवामा निरन्तर सक्रिय...