शनिबार बिरगंजको तिन छुट्टाछुट्टै ठाउमा भएको रक्तदान कार्यक्रममा १३ महिला सहित २४४ जनाले रक्तदान गरे

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंजको घन्टाघर चौकमा आज क्रियाशिल युवा पत्रकार मञ्च नेपाल द्वारा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

क्रियाशिल युवा पत्रकार मञ्च नेपाल द्वारा शुभ दिपावली तथा छठ पर्वको पावन अवसरमा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको हो।

यो २ स्रो पटकखुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको हो। सो कार्यक्रमको अतिथिमा जिल्ला ट्राफिक प्रमुख , समाजसेवी प्रकाश थारु , वडा प्रहरी बिर्ताका प्रहरी प्रमुख निरोज चौलागाईं , संचारकर्मी श्याम बन्जारा , सामुदायिक प्रहरी छपकैयाका अध्यक्ष ग्यासुदिन ठकुराई लगायतकाको उपस्थिति एवं क्रियाशिल युवा पत्रकार मञ्च नेपालका अध्यक्ष प्रणय साहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो भने उपाध्यक्ष आन्न्द पटेल , सचिव बिरेन्द्र साह , कोसाअध्यक्ष उपेन्द्र बरई , सदस्यहरु उपेन्द्र पटेल, अरुण साह , दिनेश ठाकुर , मुकेश गुप्ता कन्हैया बर्णवाल लागायतकाको उपस्थिति रहेको थियो।

सो रक्तदान कार्यक्रममा ६ महिला सहित ५१ जना रक्तदाताहरुले आफ्नो अमुल्य रक्तदान गरेका थिए । रक्तदान गर्नु हुनेमा संजय कुमार चौरसिया , प्रेम राउत कुर्मी , राजेश दास , सन्दीप पण्डित , सोनि कुमारी दास , चन्दन रौनियार , आर्जन प्रसाद दास , बिरेन्द्र कुमार यादव , अनमोल राज रौनियार , सन्देश प्रसाद कुशवाहा , जितेन्द्र कुमार चौरसिया , निरन्जन साह , मनोज कुमार पण्डित , सुनिता थापा , राजकुमार चौधरी , शान्ति मिश्रा , राकेश कुमार गुप्ता लगायतकाले आफ्नो अमुल्य  रक्तदान गरेका थिए।

नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उप शाखाका युवा संयोजक अभिलाष गुप्ता बिरगंज रक्त संचार केन्द्रका प्रमुख सौरभ राज पाण्डे ,लिलाधर साह, नितेस यादव, बिरगंज कपडा बैंकका अध्यक्ष लालबाबू सिंह , समाजसेवी राजेन्द्र भट्टराई लगायतकाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

त्यसै गरि बिरगंज महानगरपालिका वडा न. १३ राधेमाई स्थित नेपाल निर्माण ब्यवसायी संघ पर्सा द्वारा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको थियो। नेपाल निर्माण ब्यवसायी संघ पर्साको अध्यक्ष सुरेश प्रसाद कुर्मीको अध्यक्षतामा एवम् 
प्रमुख अतिथि बिरगंज महानगर पालिका
महानगरपालिकाको नगर प्रमुख मेयर  राजेशमान सिंह एवं उपमेयर इमतियाज आलमको संयुक्त आतिथ्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो।

सो रक्तदान कार्यक्रममा ३ महिला सहित १६१ जना रक्तदाताहरुले आफ्नो अमुल्य रक्तदान गरेका थिए रक्तदान गर्नु हुनेमा अनिल पटेल , राजन तिवारी , राकेश महतो , विशाल पाण्डे, सुधिर पटेल , बलिराम राम , राम नरेश महतो , राजु मन्डल , कृष्ण कुमार पटेल , प्रधुमन मन्डल  , प्रदीप मन्डल , सन्तोष साह कानु , निराजन कुमार गुप्ता , अजय पटेल , नन्दु यादव ,  सन्नी महतो  लगायतकाहरुले आफ्नो अमुल्य रक्तदान गरेका थिए ।नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उप शाखाका युवा संयोजक अभिलाष गुप्ता एवं बिरगंज रक्त संचार केन्द्रका मनिश कुमार गुप्ताको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

बिरगंज महानगरपालिका वडा न. १७ अलौ स्थित युनिभर्सल युनाइटेड क्लब द्वारा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो। सो कार्यक्रम युनिभर्सल युनाइटेड क्लबका अध्यक्ष राजेश राउत कुर्मीको अध्यक्षतामा सम्पन्न भएको थियो । भने प्रमुख अतिथिमा हरेराम प्रसाद पटेल , विशिष्ट अतिथीमा वडा अध्यक्ष सन्जिव छतकुलि , शिव ओम , बिरेन्द्र प्रसाद यादवको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो। सो रक्तदान कार्यक्रममा ४ महिला सहित ३२ जना रक्तदाताहरुले आफ्नो अमुल्य रक्तदान गरेका थिए रक्तदान गर्नु हुनेमा आसिक अन्सारी , सुशील कुमार साह , नैमोदिन मिया , अनवत राम , नसरुल मिया ,  सन्जय सिल्वाल , लक्ष्मी देबि , पुर्णिामा शर्मा कमला देबि प्रसाद , असलम अन्सारी , रुदल अन्सारी लगायतकाहरुले आफ्नो अमुल्य रक्तदान गरेका थिए ।

नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उप शाखाका युवा संयोजक अभिलाष गुप्ता एवं बिरगंज रक्त संचार केन्द्रका जितेन्द्र कुशवाहा , नमित चौरसिया लगायतकाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जेनजी शहीदको सम्झनामा वीरगञ्जमा दीप प्रज्वलन, ‘युवाको विश्वास नटुटोस्’ : प्रकाश उपाध्याय

पर्सा पोस्ट, भदौ २४ गते, वीरगञ्ज । श्री भगवती युवा...

जेन–जी सहिद दिवसमा वीरगञ्जमा दीप प्रज्वलन, दोषीमाथि कारबाहीको माग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । जेन–जी आन्दोलनका क्रममा...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : रोयल एकेडेमीलाई उपाधि, प्याब्सन पर्साद्वारा बाढीपीडितका लागि १५ लाख सहयोग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । प्याब्सन वीरगञ्जको आयोजनामा...