उपभोक्ता हित संरक्षण मञ्च नेपालको विशेष उजुरीको आधारमा सिमरा स्थित दुई मिठाइ पसलमा अनुगमन , संचालक सहित दुई पक्राउ र अर्को मिठाई पसललाई ५० हजार जरिवाना ।

Date:

अजित कुमार भुजेल , बिरगंज । उपभोक्ता हित संरक्षण मञ्च नेपालको  विशेष उजुरीको आधारमा बाराको सिमरास्थित सिमरा स्वीट्स एन्ड बेकरीमा छापामारी भारतीय गुणस्तरहीन मिठाई बरामद गरेको छ ।

चाडवाडको मौका छोपी अखाद्य मिठाईहरु बिक्रि बितरण हुने भन्दै  उपभोक्ता हित संरक्षण मञ्च नेपालले धेरै दिनदेखि यस बिषयमा निगरानी गर्दै आईरहेको थियो।

यस अघि बिरगंजका दुई  लड्डु उद्योगमा छापामारि गुणस्तरहिन मिठाई बनाउदै गरेको भेटिएको थियो भने  अन्य दुई मिठाइ पसललाई नगद ५० र २०  हजार जरिवाना समेत गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय बाराको नेतुत्वमा गएको  अनुगमन टोलिले सिमरा स्वीट्स एन्ड बेकरीबाट भारतीय अखाद्य मिठाई बरामद  गरेको थियो  ।

दुई दिन मात्र बारा जिल्लामा प्रमुख जिल्ला अधिकारी भएर आएको र उपभोक्ता हित संरक्षण मञ्च नेपालले  सिडिओ वसन्त अधिकारीलाई गुणस्तरहिन मिठाई बिक्रि गरेको जानकारी दिए लगतै अधिकारीको नेतृत्वमा गएको टोलीले जिल्ला प्रशासन कार्यालय बारा , बाणिज्य तथा आपूर्ति संरक्षण कार्यालय बिरगंज , ईलाका प्रहरी कार्यालय सिमरा , उपभोक्ता हित संरक्षण मञ्च नेपालका प्रतिनिधि सहितको  टोलीले अनुगमन गर्दा बुधबार दिउँसो  सिमरा स्वीट्सबाट अखाद्य भारतीय मिठाई बरामद गरि नस्ट समेत गरेको थियो ।

अखाद्य भारतीय मिठाई बरामद भएपछि टोलीले सिमरा स्वीट्सका सञ्चालक बारा प्रसौनीका अशोक कुमार सहित पसलमा काम गर्ने भारतीय अकेश कुमारलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय , सिमराले जानकारी गराएका थिए ।

सो मिठाई पसलबाट एक सयवटा डब्बा र करिब एक क्वीन्टल मिठाईजन्य पदार्थ बरामद भएको र

पक्राउ परेका सञ्चालक सहित भारतीय कर्मचारीलाई इलाका प्रहरी कार्यालय सिमरामा राखिएको बारा प्रहरीले जानकारी गराएका थिए ।

उनीहरुमाथि कालोबजारी ऐन अन्तर्गतको मुद्दा चलाउने तयारी भएको उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रिय उपाध्यक्ष अजय अधिकारीले जानकारी दिनु भयो।

त्यसै गरि सिमरा एयरपोर्ट जाने ठाउमा रहेको  घर आगन स्विटस  पसललाई लड्डु बनाउने दाना र मिठाई बनाउने ठाउँ फोहोर रहेको भन्दै सामान नस्ट गर्नुको साथै ५० हजार जरिवाना गरि सचेत गराएको उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रिय उपाध्यक्ष अजय अधिकारीले जानकारी दिनु भयो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शैक्षिक संस्थाबाट दलीय संगठन हटाउन प्रधानमन्त्रीको कडा निर्देशन

पर्सा पोस्ट, बैशाख ०७ गते, काठमाडौं । बालेन्द्र शाहले विश्वविद्यालय...

बिरगंजमा सशस्त्र प्रहरी बलको १९ औं स्थापना दिवस भब्य रुपमा सम्पन्न

पर्सा पोस्ट, बैशाख ०७ गते, वीरगञ्ज । सशस्त्र प्रहरी बल...

विपन्न परिवारको बिहेवारीमा सहयोग : जगरनाथपुरमा खाद्यान्न वितरण

पर्सा पोस्ट, बैशाख ०७ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–५...