अजित कुमार भुजेल , बिरगंज ।एसोसिएट अफ स्पाइन सर्जन अफ नेपाल मधेश प्रदेशको पहिलो गोष्ठी शनिबार बिरगंजको होटल मकालुमा सम्पन्न भएको छ।
स्पाइन सर्जन डा. अजय यादवको नेतृत्वमा सम्पन्न भएको गोष्ठीमा मधेश प्रदेशका ८ वटै जिल्लाका १०० भन्दा बढी चिकित्सक तथा स्पाइन सर्जनहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा चिकित्सकहरुले विभिन्न प्रकारका शोधपत्रका साथै व्यवहारिक ज्ञान प्रस्तुत गरेका थिए । कार्यक्रमका नेतृत्व गरेका डा. अजय यादव विगत ८ वर्षदेखि निरन्तर रूपमा मेरुदण्ड सम्बन्धी सेवा प्रदान गर्दै आएका छन ।
यसका साथै डा. यादवले आफ्नै शहर बिरगंजमा यस रोग सम्बन्धी बिरामीहरुको सल्यक्रिया तथा वैकल्पिक उपचार गर्दै आएका छन्। जापानबाट आफ्नो स्पाइन सर्जरीको फेलोसिप गरे पश्चात नै उनले आफ्नै शहर बिरगंजमा बिरामीहरूलाई सेवा गर्ने सोच बनाएर यस सम्बन्धी अध्ययन , अध्यापन गर्दै यस क्षेत्रमा सक्रिय रूपमा सेवा प्रदान गर्दै आएको उनले बताएका छन ।
कार्यक्रमलाई सफल पार्नका लागि ए. एस. एस. एन को केन्द्रीय उपाध्यक्ष, केन्द्रीय सचिव, साइन्टिफिक चेयर तथा केन्द्रीय सदस्यहरुको समेत सहभागिता रहेको थियो ।
आजको यो गोष्ठी निकै फलदायी र व्यवस्थित बनाएकोमा सहभागी सबै चिकित्सकहरुलाई ए. एस. एस. एन का केन्द्रीय उपाधयक्ष डा. ब्यापक पौडेलले धन्यबाद दिए । कार्यक्रममा केन्द्रीय सचिव डा. सुरज बज्राचार्य , डा. गौरव राज ढकालले आफ्ना भनाइहरु राखेका थिए
बिरगंजमा स्पाइन भएका बिरामीहरुको उपचार गर्दै आएका डा. अजय यादवको नेतृत्वमा उच्चस्तरीय गोष्ठी सम्पन्न भएको यो पहिलो पटक हो । अब आउने दिनमा यस्ता कार्यक्रमहरु अरु जिल्लामा पनि आयोजना गर्ने डा. अजय यादवले जानकारी दिए ।