अजित कुमार भुजेल , काठमाडौं।सप्तऋषि आयुर्वेदको ३२ जडीबुटी युक्त श्री केश तेलको ठगी धन्दाकाे पर्दाफास भएकाे छ। कपाल झर्न रोक्ने,चाँया हटाउने,नयाँ कपाल पलाउने,टाउको चिलाउन रोक्ने,कपाल सिल्की बनाउने जस्ता झुटा प्रचार गरेर ठगी गर्ने गरेको विभिन्न सञ्चार माध्याममा समाचार प्रकाशित भएपछि समाचार राेक्न पत्रकारलाइ विज्ञापनकाे प्रलाेभनदेखि समाचार नलेख्नेसम्मका धम्की दिन थालिएकाे छ।
नेपालमा उत्पादन समेत नभएकाे तेललाइ नेपाली ब्राण्ड भन्दै सर्वसाधारणलाइ झुक्काएर खुलम खुला ठगी गरेकाे स्पष्ट देखिन्छ भारतमा उत्पादन भएकाे तेललाइ नेपाली उत्पादन भन्दै भ्रम फैलाएर तेल बिक्री वितरण गरेकाे ग्राहकहरूले नै बताउने गरेका छन्।
कपाल झर्न रोक्ने भन्दै औषधीय प्रयोजनमा निकै विज्ञापन गरेर चर्चामा रहेको श्रीकेश तेल नेपालमा अवैध रुपमा विक्री वितरण भएकाे समाचार प्रकाशित भएपछि श्रीकेश तेलका संचालक टिकाराम बुढाथोकीले आफ्ना कर्तु लुकाउन विज्ञापन दिनेदेखि विभिन्न मान्छे प्रयाेग गर्नेसम्मका काम गरि रहेका छन्। गणेश थापा नाम गरेका एक व्यक्तिले धम्कीपूर्ण शैलीमा भने‘ जथाभावी समाचार लेख्ने म पनि कुनै एक टेलिभिजनको जिएम हो म पनि पत्रकार हो भन्न पछि परेनन्। उनले धम्कीपूर्ण शैलीमा भने केही मिडियाहरू हाम्राे पछि लागेका छन् अब मुद्दा हालेर ठिक पारिन्छ भन्दै धम्कीपूर्ण शैलीमा पत्रकारलाइ धम्काउने र समाचार लेख्न राेक्ने उनकाे मानसिक्ता देखिन्थ्याे। तर पत्रकार कसैकाे धम्की र प्रलाेभनमा पर्दैन भन्ने पनि हेक्का राख्न पत्रकारकाे नाममा तस्करी गर्नेहरूलाइ चुनाैति दिन चाहान्छाैं।
त्यस्तै उनले भने म पनि पत्रकार हुँ,समाचार कसरी लेख्नुपर्छ हामीलाई पनि थहा छ। यस्ता पनि पत्रकार भन्दै उनले भौतिक आक्रमण गर्नेसम्मको धम्की दिनसम्म पछि परेनन्। तर हामी कुनै पनि किसिमका डर, त्रास, प्रलोभन र धम्कीबाट अलिकति पनि विचलित नभइ आफ्नो पत्रकारिता स्वच्छ र निष्पक्ष रूपमा अगाडी बढाउन काेही कसैका धम्कीले केही हुनेवाला छैन।
पछिल्लो समय वरिष्ठ कलाकारदेखि पूर्व राष्ट्रपतिहुँदै प्रधानमन्त्रीसम्मको हातमा देखिने यो तेल सम्बन्धित निकायबाट उत्पादन अनुमति समेत नलिई विक्री वितरण हुँदै आएको तथ्य भेटिएको हो।
उत्पादक सप्तऋषी आयुर्वेद नामक आयुर्वेद अस्पतालले यो तेल उत्पादन र विक्री वितरण गर्दै आएको छ। प्रति बोत्तल ३ हजार रुपैयाँमा विक्री हुँदै आएको यो तेल वैज्ञानिक र प्रमाणित नहुँदै करोडौँको विक्री भइसकेको छ। तर,सरोकारवाला निकायले भने कुनै चासो दिएका छैनन्।
दर्ता छैन औषधी व्यवस्था विभागमा
आयुर्वेद औषधालयका प्रमुख चिकित्सक डा.रुपेन्द्र पुरीले भने यो तेलबारे आफूहरुलाई कुनै जानकारी नभएको र याे विषयमा धेरै बाेली सकेकाे पनि बताए। औषधी व्यवस्था विभागमा दर्ता हुनुपर्छ तर सप्तऋशी आयूर्वेद नामको संस्था औषधि व्यवस्था विभागमा दर्ता नै भएको छैन,उनले भने,हामीले यहाँ दर्ता गरिसकेपछि उक्त संस्थाले के कस्तो औषधि उत्पादन गर्ने हो भनेर यसको चेकजाँच गर्ने हो। तर यो संस्था विभागमा दर्ता नै नभएका कारण हामीलाई यस विषयमा जानकारी भएन। यसरी दर्ता नै नगरी सञ्चालन गरिनु सराशर अवैधानिक देखिन्छ यस्ता अवैधानिक कार्य गर्नेलाइ सरकारका सम्बन्धित निकायले कारबाहीकाे दाहेरामा ल्याउनु पर्छ।