अजित कुमार भुजेल , बिरगंज ।सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोल ले सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मुनालाइट बोर्डिङ्ग स्कुलामा अध्यनरत कक्षा ७ र ८ का बिद्यार्थीहरुलाइ लागुपदार्थ दुर्ब्यसनी तथा ओसार पसार सम्बन्धि जनचेतनामुलक कार्यक्रमको आयोजना सम्पन्न गरेको छ ।
कार्यक्रम सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलका उपाध्यक्ष सन्जु दहालको अध्यक्षतामा तथा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी वरिष्ठ नायब निरीक्षक टेक बहादुर कार्कीको प्रमुख आतिथ्य भएको थियो ।
प्रमुख अतिथि वरिष्ठ नायब निरीक्षक कार्कीले अध्यनरत रहेका बिद्यार्थीहरु लाई लागुपदार्थ सेवनबाट हुने बेफाइदा र यसलाई कसरी रोकथाम गर्न सकिन्छ भन्ने बारेमा बिद्यार्थीहरुलाई प्रशिक्षण दिएका थिए भने सहभागी बिद्यार्थीहरुले यस लागु पदार्थबाट जोगिन जोगाउन बारे जानकारी समेत प्रशिक्षकबाट लिएका थिए।
लागु औषध प्रयोग तथा रोकथाममा बिद्यार्थीहरुको अहम भुमिका एवम् देशका कर्णधार भबिस्य बिद्यार्थी भएकोले यसको रोकथाममा समेत बिद्यार्थीहरुको अहम भुमीका रहेको प्रहरी वरिष्ठ निरीक्षक टेक बहादुर कार्कीको भनाइ रहेको थियो ।
कार्यक्रममा समुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलका सल्लाहकार एवम मुनालाइट बोर्डिङ्ग स्कुलका प्रीन्सपल श्याम केसी ,सामुदायिक प्रहरी सेवा केन्द्रका सदस्य मुन्ना दहाल , भवानी पौडेल , अन्कित गिरी , सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलका प्र.स.ह कुमार बिक, प्र.स.ह अमित कुमार यादव ,प्रहरी जवान शत्रुधन कुशवाह लगायत शिक्षक शिक्षिकाको उपस्थिति रहेको थियोे भने कार्यक्रमको सहजीकरण सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलका सचीव श्रवण रायमाझीले गरेका थिए।