पानी उद्योग मापदण्ड अनुसार संचालन नभएको बिरगंजका ४ पानी उद्योगको बिक्रि बितरणमा रोक

Date:

अजित कुमार भुजेल , बिरगंज। बिरगंजमा रहेका पानी उद्योगमा मंगलवार अनुगमन भएको छ । मापदण्ड अनुसार पानी उद्योग संचालन नभएकोले ४ उद्योग तत्कालको लागि उत्पादन र बिक्रि बितरणमा रोक लगाएको छ ।

गर्मि बढदै गएसङै  तराईका जिल्लाहरुमा पानीको हाहाकार भएपछी पानी उद्योगले गुणस्तरहिन पानी बितरण गर्ने गरेको भन्दै उपभोक्ता हित संरक्षण मञ्च पर्साको उजुरीको आधारमा जिल्ला प्रशासन कार्यालय पर्साको नेतुत्वमा गएको सन्युक्त टोलिले आज बिरगंजमा रहेका पानी उद्योगमा अनुगमन गरेको छ ।

बिरगंजमा रहेका ७ उद्योगमा आज अनुगमन गरेका थिए । अनुगमन गर्ने क्रममा बिरगंज महानगर पालिका वडा न.१२  ब्रह्मम चौक स्थित गङ्गोत्रि पियोर ड्रिन्किङ्ग वाटरमा जार प्रशोधनको लागि पुर्वाधारमा कमि रहेको , प्रशोधन कक्ष , भर्ने प्रशोधन कक्ष , शिलिङ्ग युनिट , फिलिङ्ग युनिट , छुट्टाछुटै कक्ष नभएको , २० लिटर प्रशोधित पिउने पानी जसमा सुरक्षा शिल समेत नभएको र जाच बिश्लेषणको लागि उद्योगबाट नमूना समेत लिएको थियो ।

तत्काल कार्वाहीको लागि  सो उद्योगलाई उत्पादन , बिक्रि बितरण रोक्का गरिएको र उद्योगले उद्योग निरीक्षण गराई सम्पुर्ण व्यवस्था मिलाई मात्र उत्पादन बिक्रि बितरण गर्न निर्देशन दिईएको थियो ।

त्यसैगरि बिरगंज वडा न.१६ रजतजयन्ती चौकमा रहेको निर्जल जल प्रालिमा अनुगमन गर्ने क्रममा उद्योग स्थल फोहोर रहेको , उद्योगबाट उत्पादित २० लिटर प्रशोधित पिउने पानीमा लेबल र संरक्षण शिल समेत नभएको देखिएकोले तत्काल जाच परिक्षणको लागि २० लिटर प्रशोधित पिउने पानीको २ थान जार समेत लिई हाल उद्योगबाट उत्पादन बिक्रि बितरणमा रोक लगाएको र उद्योग स्थल सरसफाइ गरि पिउने पानीमा लेबल र सुरक्षण शिल मात्र राखि बिक्रि बितरण गर्न निर्देशन दिईएको खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय मधेस प्रदेशका खाद्य अधिकृत प्रबिण कुमार तिवारीले जानकारी दिनुभयो ।

त्यसैगरि अनुगमन गर्ने क्रममा बिरगंज वडा न.१० रानिघाट स्थित बालाजि पियोर ड्रिन्किङ्ग वाटरमा जार प्रशोधनका लागि पुर्वाधार ( मापदण्ड ) मा कमि रहेको प्रशोधन कक्ष , पुर्न प्रशोधन कक्ष , वाशिङ्ग युनिट , फिलिङ्ग युनिट छुट्टाछुट्टै कक्ष नभएको , २० लिटर प्रसोधित पिउने पानी जारमा सुरक्षण शिल समेत नभएको , पुराना जारहरुलाई प्वाल पानी  डिस्पोज गरेको जाच बिश्लेषणको लागि उद्योगबाट नमूना समेत लिएको थियो ।

अनुगमन गर्ने क्रममा बिरगंज वडा न.२ नारायणी अस्पताल सङै रहेको बिरगंज पियोर डिन्किङ्ग वाटर उद्योगमा अनुज्ञापत्र नवीकरण भएको प्रमाणपत्र पेश नगरेको , २० लिटर प्रशोधित पिउने पानी जारमा लेबलमा ब्याच नम्बर नरहेको , जाच परिक्षणको लागि २० लि. प्रशोधित पिउने पानी जार २ थान लिएको र उद्योगको सम्पुर्ण कागजात सहित खाद्य प्रविधि तथा गुण डिभिजन कार्यालय पर्सामा उपस्थित हुने निर्देशन सहित हाल उद्योगलाई उत्पादन तथा बिक्रि बितरणमा रोक लगाईएको अनुगमन टोलिका सदस्य सुरेश सिंहले जानकारी दिनुभयो ।

त्यसैगरि बिरगंज वडा न.४ रेल्वे रोडमा रहेको ए. एस. पि.नेचुरल रिसोभर्सेज प्रालिमा हाल पानीको उत्पादन बन्द रहेको र बारा जिल्लामा रहेको उद्योगबाट उत्पादित पानी बिक्रि बितरण गर्दै आईएको र  यहा रहेको पानी उद्योगको लागि सम्बन्धित निकायमा दर्ता गराइ उद्योग सन्चालन गर्न निर्देशन दिइएको थियो ।

अन्य दुई उद्योगमा  ताल्चा लगाएकोले  अनुगमन गर्न नसकिएको र पुन अर्को चोटि अन्य पानी उद्योगमा पनि अनुगमन गर्ने र पानीको परिक्षण पछीको रिपोर्टको आधारमा कार्वाही समेत गर्ने खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय पर्साका कार्यालय प्रमुख सुरेश सिंहले जानकारी दिनु भयो

सन्युक्त अनुगमन टोलिमा जिल्ला प्रशासन कार्यालय पर्साका ब्रह्मदेव यादव , बिरगंज उद्योग वाणिज्य संघका मनोज कुमार दास , खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय पर्साका कार्यालय प्रमुख सुरेश सिंह , जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षकको सत्यनारायण साह , उपभोक्ता हित संरक्षण मंच पर्सा , खाद्य अधिकृत प्रबिण तिवारी , खाद्य प्रबिधि तथा सन्दिप संगौला, बिरगंज उद्योग वाणिज्यका मनोज दास , बाणिज्य कार्यालय पर्साका  मधरेश प्रसाद शाह , प्रमोद बुढाथोकि लगायतका टोलि रहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

लायन्स क्लब इन्टरनेशनल जोन ३७ द्वारा वीरगञ्ज कपडा बैंकलाई कपडा सहयोग, निरन्तर सहकार्यको प्रतिबद्धता

पर्सा पोस्ट, श्रावण २४ गते, वीरगञ्ज। सामाजिक सेवामा सक्रिय लायन्स...

सबैया साझेदारी वन उपभोक्ता समूहको प्रथम साधारणसभा सम्पन्न, वन संरक्षणमा जनसहभागिता बढाउन मन्त्रीहरूको जोड

पर्सा पोस्ट, साउन २४ गते, वीरगञ्ज (पर्सा)। पर्सा जिल्लास्थित सबैया...

राउन्ड टेबल नेपाल र रोट्याक्ट क्लबको संयुक्त रक्तदान : ५८ युनिट रगत संकलन, ‘मानवता बलियो बनाउन नियमित रक्तदान गरौं’

पर्सा पोस्ट, श्रावण २३ गते, वीरगञ्ज। वीरगञ्जमा पछिल्लो समय देखिएको...

मनियारी मुसहर टोलमा वीरगञ्ज कपडा बैंकद्वारा ६ सय थान निःशुल्क कपडा वितरण

पर्सा पोस्ट, श्रावण २३ गते, वीरगञ्ज। मानवीय सेवामा निरन्तर सक्रिय...