पशुपतिको वनकालिमा साउन महिना भरि ऎतिहासिक कोटि होम महायज्ञ हुने

Date:

अजित कुमार भुजेल , काठमाडौं। विश्वका हिन्दुधर्मालम्बीहरुको आस्थाको प्रमुख केन्द्र पशुपतिनाथ स्थित वनकालीमा ऐतिहासिक विशाल कोटी होम यज्ञ गरिने भएको छ ।

मानव सेवा फाउन्डेसनको संयोजकत्वमा एक दर्जन सङ्घ–संस्थाको आयोजनामा  कोटी होम महायज्ञ सञ्चालन हुने भएको हो ।  उक्त महायज्ञ आगामी साउन महिना भरि चल्ने श्री मद्भागवत कथा पुराण प्रवक्ता वालयोगेश्वर श्री विजय कृष्णमुर्ती जीले जानकारी दिनुभयो ।

हाम्रो धर्म संस्कृतिको संरक्षण समग्र मानबजातीको सुख, शान्ति र समृद्धिका लागि महायज्ञ गर्न लागिएको उहाँले बताउनु भयो ।

नेपाल अध्यात्म भुमी हो । यस तपोभुमीबाट योग, ध्यान,प्रणाम धर्म, ज्ञान,साधना र विज्ञानको महत्व बिकास भएकाले हो भन्ने जानकारी र सन्देश समेत जनजनमा पुर्याउने महायज्ञको ध्येय रहेको छ । मामाघर अनाथालय आश्रम, ललितपुर र छोरीको घर ज्येष्ठ नागरिक आश्रम, भक्तपुरको भवन निर्माणलगायत मानवीय सेवाका लागि सहयोग जुटाउने पनि महायज्ञको उद्देश्य रहेको आयोजकहरूले जनाएकाछन् ।

मामाघर अनाथालय आश्रमले अनाथ र आधारभूत आवश्यकताबाट बन्चित बालबालिकालाई निःशुल्क भोजन, आवास तथा स्वास्थ्य र शिक्षा प्रदान गर्दै आएको छ ।

यस्तै, छोरीको घर ज्येष्ठ नागरिक आश्रमले बेसहारा, शोषित र पीडित ज्येष्ठ नागरिकलाई गास, बास, कपासका साथै स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ ।

महायज्ञ अवधिभर जगद्गुरु, साधु, सन्त, महन्तका साथै ख्यातिप्राप्त कथा वाचकहरूबाट आशीर्वचन तथा कथा प्रवचन हुनेछ । यस्तै, विभिन्न गुरुहरूबाट नित्य हवन, पूजा, आरती र भजन कीर्तन हुने आयोजकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

३० दिने नि:सुल्क सिलाई तालिम सम्पन्न : रक्सौलमा ५० महिलालाई आत्मनिर्भर बन्ने अवसर

पर्सा पोस्ट बैशाख ०२ गते, रक्सौल । भारत–नेपाल सीमावर्ती क्षेत्र रक्सौलमा...

प्रभावकारी सार्वजनिक वक्तृत्वकला तालिम सम्पन्न , युवामा आत्मबिश्वास वृद्वि हुने अपेक्षा

पर्सा पोस्ट, बैशाख ०२ गते, वीरगंज । बिरगंज जेसीजको सप्ताहव्यापी...

बिरगंजमा मानव अधिकार रक्षकहरुको अवस्थामाथि गहन छलफल , ” सेफ हाउस ” अभाव मुख्य चुनौती

पर्सा पोस्ट, बैशाख ०२ गते, वीरगञ्ज । मानव अधिकार रक्षकहरूको...

भारतीय नम्बर प्लेटका सवारीमाथि बिरगंजमा कडाइ : ११ चालक कारवाहीमा

पर्सा पोस्ट, बैशाख ०२ गते, वीरगञ्ज । जिल्ला ट्राफिक कार्यालय...