प्रेस सेन्टर नेपाल पर्साले कृष्ण सेन स्मृति सम्मान र प्रेस सेन्टर क्रियाशिल पत्रकारिता पुरस्कार प्रदान गर्ने

Date:

अजित कुमार भुजेल , बिरगंज । प्रेस सेन्टर नेपाल पर्साले दुईवटा पत्रकारिता पुरस्कार वितरण गर्ने भएको छ ।

सेन्टरको जिल्ला समितिकाे बैठकले स्व.पत्रकार कृष्णसेन समृति दिवसकाे अवसरमा जेठ १२ गते कृष्ण सेन स्मृति सम्मान र प्रेस सेन्टर पर्सा  क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरेकाे छ ।

पुरस्कार वितरणका लागि मापदण्ड बनाउन केन्द्रीय सदस्य तथा पर्सा इञ्चार्ज निरज पिठाकाेटेकाे संयाेजकत्वमा केन्द्रीय सदस्य जगत राई र जिल्ला अध्यक्ष दीपक गाैतम सदस्य रहनेगरी समिति बनाएकाे छ । समितिले मादण्ड बनाएर पुरस्कार छनाेट समितिलाई बुझाई सकेकाे संयाेजक पिठाकाेटेले जानकारी दिनुभयाे ।

त्यसैगरी पुरस्कार छनाेटका लागि केन्द्रीय प्रतिनिधि सन्ताेष पाैडेलकाे संयाेजकत्वमा सचिव शिवनाथ यादव र सदस्य अजित भुजेल रहेकाे छनाेट समिति बनाएकाे छ । समितिले आज सम्ममा व्यक्ति छनाेट गरेर पुरस्कारका लागि सिफारिस गर्ने छ ।

पुरस्कारकाे राशी २१/२१ हजारकाे रहने छ । पुरस्कार जेष्ठ १२ गते शनिबारको दिन वितरण गरिने जिल्ला सचिव शिवनाथ यादवले जानकारी दिनुभयाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

लायन्स क्लब इन्टरनेशनल जोन ३७ द्वारा वीरगञ्ज कपडा बैंकलाई कपडा सहयोग, निरन्तर सहकार्यको प्रतिबद्धता

पर्सा पोस्ट, श्रावण २४ गते, वीरगञ्ज। सामाजिक सेवामा सक्रिय लायन्स...

सबैया साझेदारी वन उपभोक्ता समूहको प्रथम साधारणसभा सम्पन्न, वन संरक्षणमा जनसहभागिता बढाउन मन्त्रीहरूको जोड

पर्सा पोस्ट, साउन २४ गते, वीरगञ्ज (पर्सा)। पर्सा जिल्लास्थित सबैया...

राउन्ड टेबल नेपाल र रोट्याक्ट क्लबको संयुक्त रक्तदान : ५८ युनिट रगत संकलन, ‘मानवता बलियो बनाउन नियमित रक्तदान गरौं’

पर्सा पोस्ट, श्रावण २३ गते, वीरगञ्ज। वीरगञ्जमा पछिल्लो समय देखिएको...

मनियारी मुसहर टोलमा वीरगञ्ज कपडा बैंकद्वारा ६ सय थान निःशुल्क कपडा वितरण

पर्सा पोस्ट, श्रावण २३ गते, वीरगञ्ज। मानवीय सेवामा निरन्तर सक्रिय...