महालक्ष्मी बिकास बैंकको बार्षिकोत्सवको अवसरमा ३ महिला सहित २८ जनाले गरे रक्तदान

Date:

अजित कुमार भुजेल , बिरगंज । महालक्ष्मी बिकास बैंकले ३० औ वार्षिक उत्सवको अवसरमा साताव्यापी विभिन्न कार्यक्रमको आयोजना गरि मनाइरहेको छ ।

सोहि क्रममा आज देशैभरी रक्तदान कार्यक्रमको आयोजना अन्तर्गत बिरगंजको श्रीपुर शाखाद्वारा आयोजित रक्तदान कार्यक्रममा ३ महिला सहित २८ जनाले रक्तदान गरेका थिए ।

रक्तदान गर्नेमा रश्मि श्रेष्ठ ,सन्जु श्रेष्ठ , एरिका रजक,सोएब अनवर,मुकेश अग्रवाल ,पुरुषोत्तम अधिकारी ,राम मण्डल , नवीन अधिकारी ,शैलेन्द्र कुमार यादव,विजय प्रसाद हजाम,सन्दीप कुमार,सुजित साह लगायतले आआफ्नो अमुल्य रगत प्रदान गरि मानवता बलियो बनाएका छन ।

महालक्ष्मी विकास बैंकका संचालक श्याम सुन्दर रुङटाले रक्तदातालाई रगत संकलन गर्ने व्याग हस्तान्तरण गरि सुभारम्भ गर्नु भएको सो रक्तदान कार्यक्रममा बैंकका मधेस प्रदेश प्रमुख सुदिप चन्द्र पोखरेल,श्रीपुर शाखाका प्रबन्धक ललन साह कानु,आदर्शनगर वीरगन्ज शाखा प्रबन्धक पुरुषोत्तम अधिकारी ,कलैया शाखा प्रबन्धक अरुण कुमार यादव,प्रसौनी शाखा प्रबन्धक कुन्दन राज दास ,समाजिक अभियन्ता राजेन्द्र भट्टराई ,सन्चारकर्मी लालबाबु सिंह लगायत बैंकका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

सो अवसरमा आयोजक श्रीपुर शाखा प्रबन्धक ललन साह कानुले महालक्ष्मी बैंकले विभिन्न समयमा बिभिन्न समाजसेवामुलक , जनचेतनामूलक कार्यक्रमहरुको आयोजना गरि निरन्तर ग्राहक, समाज ,देश जनताको सेवा गरिरहेको सर्वविदित नै रहेको छ ।

बैंकले  ३० औ वार्षिकोत्सब सप्ताहव्यापी विभिन्न कार्यक्रमको आयोजना गरि धुमधाम संग मनाइरहेकोमा आज देशै भरी रक्तदान कार्यक्रमको आयोजना गरिरहेको छ । यसभन्दा पहिले बैंकद्वारा निशुल्क आँखा परिक्षण शिविर ,क्रीकेट प्रतियोगिता ,वित्तीय साक्षरता रैलि लगायत कार्यक्रमको आयोजना गरेको छ ।

आजको रक्तदान कार्यक्रमलाई आफ्नो अमुल्य रगत दान गरि सफल बनाउने रक्तदाता एवं रेडक्रस टिम, सहयोगिहरु तथा हामिलाइ माया गर्ने सम्पुर्ण ग्राहकवर्गलाई हार्दीक धन्यवाद आभार प्रकट गर्नु भयो ।

सो रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगन्जका प्रमुख सौरभ राज पाण्डे, प्राविधिक जितेन्द्र कुशवाहा लगायत रेडक्रसका स्वयंसेवक टोलिले रक्तदानमा सघाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंज महानगरको अबैध कर संकलनमा अदालतको ब्रेक , सान्सद पन्तको पहल सफल

पर्सा पोस्ट, बैशाख ११ गते, वीरगञ्ज । जनहितका मुद्दामा निरन्तर...

अदालतको आदेश कार्यान्वयनको नाममा समय नदिइ संरचना भत्काईयो ,, व्यवसाय चौपट – महँगी नियन्त्रणमा सरकार मौन

पर्सा पोस्ट , बैशाख ११ गते बिरगंज । वीरगञ्जको गण्डकदेखि...

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...