विद्यार्थीहरुको हौसला बढाउन ” कक्षा कोठामा मेयर “

Date:

अजित कुमार भुजेल , बिरगंज । आइतबार विहान ७ बजे वीरगंजको बहुअरीमा रहेको शारदा मा.वि.मा पुग्दा यहाँका मेयर राजेशमान सिंह कक्षा १० का विद्यार्थीसँगै बसेर सिक्दै सिकाउँदै गरेको भेटिए ।

महानगरले सुरु गरेको ‘कक्षा कोठामा मेयर’ कार्यक्रम अन्तर्गत उनी बिहानै शारदा मा.वि. पुगेका थिए । कक्षाकोठामा विद्यार्थीसँगै बसेर मेयर सिंहले उनीहरुलाई आफ्नो अनुभव र जीवन भोगाइका कुरा बताई रहेका थिए । जीवनमा जस्तो सुकै परिस्थिति आए पनि हिम्मत कहिल्यै पनि हार्न हुँदैन भन्दै उनले विद्यार्थीहरुलाई उत्प्रेरणा जगाउने काम गरिरहेका थिए । अध्ययनलाई केन्द्रमा राखेर अन्य गतिविधिलाई पनि समान रुपमा अघि बढाउन विद्यार्थीहरुलाई उनले आग्रह गरे ।

मेयर सिंहले विद्यार्थीसँगै बेन्चमा बसेर उनीहरुले गरेका गृहकार्य अवलोकन गर्नुका साथै समस्याका बारेमा पनि जानकारी लिएका थिए । विद्यार्थीसँगै बेन्चमा बसेर उनीहरुका कुरा र आफ्ना अनुभव सुनाउन पाउँदा विद्यार्थीहरुमा उत्साह जागृत भएको मेयर सिंह बताउनुहुन्छ ।

विद्यार्थीहरुमा उत्प्रेरणा बढाउन मेयर सिंहले विभिन्न विद्यालयमा पुगेर ‘कक्षा कोठामा मेयर’ कार्यक्रम मार्फत एउटा कक्षा लिने गरेका हुन् । यस अघि विद्यार्थीको हौसला बढाउन त्रिजुद्ध मा.वि.मा पुगेका थिए ।

मेयर सिंहले कक्षा १० का विद्यार्थीको कक्षामै पुगेर उनीहरुलाई उत्प्रेरणा दिँदा विद्यार्थीमा अध्ययनका लागि झनै चाख बढेको हौसला मिलेको शारदा मा.वि.का प्रधानाध्यापक विनोद मेहता बताउँछन् ।

कक्षामा महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले समेत विद्यार्थीहरुको हौसला बढाउन कक्षा लिनु भएको थियो ।

मेयर सिंहले विद्यालयको अनुगमन समेत गर्नुहुँदै त्यहाँ उपलब्ध साधन स्रोतको स्थिति तथा प्रयोगको अवस्थाको बारेमा समेत जानकारी लिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जेनजी शहीदको सम्झनामा वीरगञ्जमा दीप प्रज्वलन, ‘युवाको विश्वास नटुटोस्’ : प्रकाश उपाध्याय

पर्सा पोस्ट, भदौ २४ गते, वीरगञ्ज । श्री भगवती युवा...

जेन–जी सहिद दिवसमा वीरगञ्जमा दीप प्रज्वलन, दोषीमाथि कारबाहीको माग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । जेन–जी आन्दोलनका क्रममा...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : रोयल एकेडेमीलाई उपाधि, प्याब्सन पर्साद्वारा बाढीपीडितका लागि १५ लाख सहयोग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । प्याब्सन वीरगञ्जको आयोजनामा...