निसुल्क आखा शिबिरमा ४१५ जना विद्यार्थीको चेकजाँच गरेकोमा १ मा मोतिया बिन्द फेला

Date:

अजित कुमार भुजेल , बिरगंज ।सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली श्रीपुर ११ तथा अल्पाइन स्कुल र नेपाल ब्युटिसियन संघ नगर कमिटी पर्साको संयुक्त आयोजना तथा माट्रिका आइ फाउन्डेसनको सहकार्यमा निशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ।

अल्पाईन स्कुल प्राङ्गणमा भएको निसुल्क आखा शिबिरमा ४१५ जनाले चेकजाच गरेकोमा १ जनामा मोतियाबिन्द फेला परेको थियो ।

सामुदायिक सेवा केन्द्र श्रीपुर मुर्लिका अध्यक्ष राम सरार्फको अध्यक्षता तथा नेपाल प्रहरीका पुर्व एसएसपि सडानन्द कुर्मीको प्रमुख आतिथ्यमा आइतबार सो निशुल्क आँखा शिविर सम्पन्न भएको थियो ।

अल्पाईन स्कुलमा अध्यानरत नर्सरी देखि कक्षा १० सम्मका बालबालिकाहरु तथा शिक्षक शिक्षिका लगायतको आँखा चेकजाँच गरिएको थियो ।

शिविरमा माट्रिका आइ फाउन्डेसनका  नेत्र सहायक प्रगति कर्ण , मनिसा पटेल, राजेश चौधरी , सागर पटेलले चेकजाँचमा सहयोग गरेका थिए ।

शिविरमा वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक धर्म जंङ थिङ , ट्राफिक वरिष्ठ प्रहरी निरीक्षक गुणनिधि खकुरेल , सामुदायिक सेवा केन्द्रका वरिष्ठ सल्लाहकार डाक्टर  पुरुषाेतम दुबे ,वरिष्ठ उपाध्यक्ष जयालाल साह, सचिव दिलिप प्रधान , त्रिमुर्ति टोल समिति बिरगंजको अध्यक्ष शम्भु सिंह , नेपाल ब्युटिसियन संघ पर्साका अध्यक्ष मन्दिरा राउत ,नगर अध्यक्ष राधा शर्मा ,उपाध्यक्ष ममता गुप्ता ,सचिव मधु सिंह ,कोषाध्यक्ष विना दाहाल ,सहसचिव सम्झना बुढाथोकी ,सदस्यहरु साबरा खातुन ,सरिता सरार्फ,अनिता साह,जुली श्रेष्ठ , रोशनी सिंह , प्रमिला शाहि , नेपाल आदिवासी जनजाति पत्रकार महासंघका जिल्ला अध्यक्ष अजित भुजेल ,कोषाध्यक्ष सन्तोष रन्जितकार,जगत राई, ज्योतिष लालबाबु पान्डे , स्वामि राजिव रन्जन भारद्वाज, बिपिन उपाध्याय , अन्नु बर्णवाल ,  गिता चौहान , प्रहरी सहायक हवल्दार लालुमाया महतो, प्रहरी जवान राजु प्रसाद चौरसिया लगायतको सहभागिता रहेको थियो ।

शिबिरमा प्रमुख अतिथि एवं पुर्व एसएसपि सडानन्द कुर्मि , पुर्व प्रहरी नायब निरीक्षक अक्ष्यलाल हजरा, पुर्व प्र. ना. नि. राम बहादुर प्रसाद यादव पुर्व प्र. स. नि. भगवान प्रसाद यादव , अधिवक्ता अमय दास थारू , सामुदायिक सेवा केन्द्रका सदस्य निर्मल ताम्राकार , सामुदायिक प्रहरी सेवा केन्द्रका प्रहरी हवल्दार सुभाष यादव लगायत ८ जनालाई मायाको चिनोले सम्मानित गरिएको थियो ।

स्वागत मन्तव्य सामुदायिक सेवा केन्द्रका वरिष्ठ सल्लाहकार पन्डित पुरुषाेतम दुबेले र कार्यक्रम सन्चालन सन्चारकर्मि सुर्य बिकले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...