बिरगंज वडा न.१३ द्वारा निसुल्क स्वास्थ्य परिक्षण शिबिरको आयोजना

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंज  महानगर पालिका वडा न.१३ को वडा समितिले निशुल्क स्वास्थ्य परिक्षण शिविरको आयोजना सम्पन्न गरेको छ ।

वडा समितिको कार्यालय वडा न.  १३ को आयोजना एवं Sadev clinik प्रतिमाचोक बिरगंज -१३ का दक्ष चिकित्सकहरुबाट राधेमाइ मन्दिर प्राङ्गणमा सो निशुल्क स्वास्थ्य परिक्षण शिविर बिहान ८ बजे देखि ३ बजे सम्म संचालन भएको थियो ।

सो शिबिरमा महिला १०४ जना गरि जम्मा १८२ जनाको स्वास्थ्य परिक्षण गर्नु का साथै समस्या भएका बिरामिहरुलाइ निशुल्क औषधि पनि वितरण गरिएको थियो ।

बिरगंज महानगर पालिका वडा न.१३ का वडाअध्यक्ष हिरा गिरिको अध्यक्षतामा भएको सो निशुल्क स्वास्थ्य परिक्षण शिविरमा बिशिस्ट अतिथिहरु Sadev clinik का सिनियर फिजिसियन डा. अनुपम उपाध्याय,नेत्ररोग विशेषज्ञ डा. पवन राज पटेल, बालरोग विशेषज्ञ डा. आनन्द रौनियार,डा. शैलेजानन्द भुरे ,डा. अन्जली पाण्डे,वडा सदस्यहरु कमरुद्धिन अन्सारी,लाल मोहम्मद ,जोवायदा खातुन,पुनम देवि राउत ,समाजसेवी राजेन्द्र भट्टराई लगायत स्थानिय अग्रज, महिला,युवाहरुको बाक्लो सहभागिता रहेको थियो ।

सो अवसरमा वडाअध्यक्ष गिरिले वडावासी स्वस्थ्य रहे हाम्रो वडा एवं महानगर नै स्वस्थ्य भै जनताको जिवनस्तर निकै प्रभावशाली एवं आर्थिक रुपले मजबुत हुने र यस्ले गर्दा वडा ,समाज , नगर, देशलाइ नै फाइदा पुग्ने भएकोले वडावासिको स्वास्थ्य प्रती हामी जहिले पनि सजग भएर चासो लिरहेका हुन्छौ साथै विभिन्न समयमा विभिन्न स्वास्थ्यका कार्यक्रमहरुको आयोजना गरि रहेको बताउदै निकट समयमा पनि स्वास्थ्य सम्बन्धी कार्यक्रमको आयोजना गर्ने प्रतिबद्धता ब्यक्त गर्दै Sadev clinic का सम्पुर्ण डा. सहितको प्राविधिक सहयोगी टोलिलाइ धन्यवाद प्रकट गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...