अजित कुमार भुजेल , बिरगंज ।बिरगंज वडा न.९ स्थित पानगल्लिमा संचालन रहेको ब्राइट पब्लिक स्कुलले कक्षा १२ का बिधार्थीहरुका लागि दुई दिने तालिम सम्पन्न गरेको छ ।
बिरगंजको होटेल भिस्वामा शुक्रबार र शनिबार दुई दिन कक्षा १२ का विद्यार्थीलाई प्रोत्साहन तथा प्रेरित गर्ने अभिप्रायले तालिमको आयोजना गरिएको ब्राइट पब्लिक स्कुलका प्रिन्सीपल मुकेश गुप्ताले बताए।
उनले आफ्ना बिधार्थीहरुका लागि बेला बेलामा यस्ता तालिमहरुको आयोजना गरिदै आएको बताए । पढाईको साथ साथै बिधार्थीहरुलाई आत्म निर्भर बन्न, भविष्यमा आईपरेका समस्याहरुलाई समाधान गर्न यस्ता तालिमले मद्दत पुग्ने उनले बताए । स्कुलका संचालक समेत रहेका गुप्ताले तालिममा सिकेका कुराहरु आफ्नो ब्यवहारमा उर्तान बिधार्थीहरुलाई आग्रह गरे ।
गुप्ताकै अध्यक्षतामा भएको पहिलो दिनको तालिमको प्रमुख अतिथी बिरगंजस्थित नेपाली सेनाको श्रीजंग गणका सहायक सेनानी बिकास मरहठ्ठाले लगनशीलता र निरन्तरताले सफलता दिलाउने बताए । उनले निरन्तर संघर्ष गर्नुका साथै धैर्य गर्नुपर्ने सुझाव दिएका थिए ।
यसैगरि बिरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवालले व्यवसाय क्षेत्र पनि सफल हुने सही विकल्प हुन सक्ने बताए । व्यवसायिक क्षेत्रमा पनि थुप्रै सम्भावना भएको बताउँदै उनले नयाँ र फरक विचार र आईडिया लिएर काम गर्न सकेमा सफल हुन धेरै समय नलाग्ने उनको दाबी थियो ।
उनले राम्रो शिक्षा हासिल गरेर आफ्नै क्षेत्रमा पनि ब्यापार, ब्यवसाय गरेर सफल जीवन बिताउन सकिने भनेर बिधार्थीहरुलाई सुझाव दिएका थिए ।
पहिलो दिनको तालिममा समाजवादी प्रेस संगठनका केन्द्रीय महासचिव रामकुमार ऐलन, केन्द्रीय सचिव बृजलाल पासवान, श्रीपुर विद्यालयका प्रधानाध्यापक अनिल वर्णवाल, बृजकिशोर साह, प्रतिक डेलि समाचार अनलाईनका संचालक आनन्द पटेल लगायतको उपस्थिती रहेको थियो ।
यसैगरि दोस्रो दिनको तालिमका प्रमुख अतिथी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले अहिलेका बिधार्थीहरु भोलिका डाक्टर, पाईलट, नेता, अभिनेता, आदि भएको हुनाले समयको सदुपयोग गरेर अगाडी बढन बिधार्थीहरुलाई सुझाव दिएका थिए।
<span;>उनले पढाईको साथ साथै गलत दिशातिर जानबाट आफुलाई रोक्न सुझाव दिए ।
प्रमुख अतिथी थापाले आजकलका यूवाहरुमा एक दुई चोटी असफलता भयो भने जीवनबाट दुखी भएर गलत दिशातिर जाने प्रवृति बढेको हुनाले आत्म विश्वासका साथ अगाडी बढन बिधार्थीहरुलाई सुझाव दिए ।
कार्यक्रममा देवेश गुप्ताले विद्यार्थीलाई सफलता, संघर्षसँगै भविष्यका बारेमा प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा यात्राडेलि समाचार अनलाईनका संचालक राम सरार्फ , नेपाल पोष्ट डेलि अनलाईनका संचालक मनोज पटेल, प्रतिक डेलि समाचार अनलाईनका संचालक आनन्द पटेल, शिक्षक नवल किशोर साह, प्रियांका गुप्ता, अफरोज हवारी लगायतले बिधार्थीहरुलाई आफ्ना अनुभव सुनाएका थिए ।
कार्यक्रममा स्कुलका गोविन्द गुप्ता, वेष सेक, स्कुलका ब्यवस्थापक अखिल पटेल, मुस्कान गुप्ता, सिवानी थौधरी लगायतको सहयोग रहेको थियो भने कार्यक्रमको संचालन कक्षा १२ मा अध्ययनरत मुस्कान कुश्वाहाले गरेकी थिईन ।