जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा र व्यवस्थित बिरगंज अभियानले सन्युक्त रुपमा सचेतना कार्यक्रमको आयोजना

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंज महानगरका स्कुलहरुमा ट्राफिक सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा र व्यवस्थित बिरगंज अभियानले संयुक्त रुपमा सचेतना कार्यक्रमको आयोजना गरेका थिए ।

विद्यालयका प्रधानाध्यापक राकेश मिश्राको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक भाष्कर खतिवडाले सवारी दुर्घटना नियन्त्रणका लागि विद्यार्थी सचेत हुनुपर्नेमा जोड दिएका थिए ।

विद्यार्थीले आफ्ना अभिभावकसँगै आफुले चिनेका व्यक्तिहरुलाई सचेत गराउन सकेमा ट्राफिक सचेतना प्रभावकारी हुने र यसबाट सवारी दुर्घटना नियन्त्रणमा सघाउ पुग्ने उनको विश्वास रहेको थियो ।

सवारी चालक मात्रै नभएर पैदल यात्रु पनि दुर्घटना पर्ने गरेको बताउँदै उनले सुरक्षित तवरले यात्रा गर्नका लागि ट्राफिक सचेतनाको आवश्यक्ता औँल्याए । सवारी दुर्घटनाका कारण समावेश गरिएको भिडियो सामग्री पनि उनले विद्यार्थीहरुलाई देखाएका थिए ।

विद्यालय तहबाटै ट्राफिक सचेतनाको थालनी गरिएको व्यवस्थित बिरगंज अभियानका संयोजक दिलिपराज कार्कीले बताए ।

उनका अनुसार सामुदायिक विद्यालयमा यसअघि नै ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरिएको थियो । सोही कार्यक्रमकै निरन्तरता स्वरुप डिएभी आरबी केडिया स्कुलमा प्रशिक्षण दिइएको कार्कीको भनाई छ ।

बिरगंज महानगर भित्रका सबै विद्यालयमा कार्यक्रमलाई निरन्तरता दिने योजना छ । जसअनुरुप हरेक विद्यालयमा ट्राफिक सचेतना सम्बन्धी सन्देशसँगै ट्राफिक चिन्ह समावेश गरिएको बोर्ड विद्यालय परिसरमा राखिनेछ । यसबाट विद्यार्थीहरुले ट्राफिक नियमका बारेमा जानकारी पाउने उनको विश्वास छ ।

स्कुलका प्रधानाध्यापक राकेश मिश्रले हरेक वर्ष ट्राफिक सचेतना सम्बन्धी कार्यक्रमको आयोजना गरी विद्यार्थीलाई सचेत बनाउँदै आएको जानकारी गराए । विद्यालय तहबाटै सचेत बनाएमा परिवर्तन सम्भव हुने मिश्रको भनाई छ ।

सचेतना कार्यक्रम कार्यक्रममा सहभागी कक्षा १०, ११ र १२ मा अध्ययनरत एक सय जना विद्यार्थीले ट्राफिक नियमको पालना गर्ने र गराउने अठोट गरेका हुन् । आफ्नो अभिभावकले हेल्मेट नलगाएमा वा मादक पदार्थ सेवन गरेमा सवारी साधनमा नचढ्ने प्रतिबद्धता पनि विद्यार्थीहरुले व्यक्त गरेको विद्यालयका शिक्षक प्रकाश कर्णले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...

सडक विस्तारसंगै उलेखिएका रुखको संरक्षण : विरगंजमा उदाहरणीय पुन : वृक्षारोपण अभियान

पर्सा पोस्ट, बैशाख ०८ गते, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा जारी...