अजित कुमार भुजेल , बिरगंज । आफ्नै ५ महिनाको बच्चाको हत्या गर्ने महिला पक्राउ परेको छ ।
उक्त महिलालाई पर्सा प्रहरीले १० महिना पछी पक्राउ गरि आवस्यक कार्वाहीको लागि पक्राउ गरि थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय पर्सा ल्याएको पर्सा प्रहरीले जनाएको छ ।
घटना बिवरण मिति २०८०।०४।२७ गते बिहान ०९:०० बजेको समयमा पर्सा जिल्ला बिरगंज महानगरपालिका वडा नं.१७ अलौ बस्ने अमरजीत कुमारको श्रीमती वर्ष २२ की आरती कुमारीले घरमा कोही नभएको बेला आफ्नै ५ महिनाको छोरालाई घाटी थिची मारी फरार भई हाल छिमेकी देश भारत पूर्वी चम्पारण थाना रक्सौल, पोष्ट सिहपुर हरैया, ग्राम एकडर्वा टोलमा बस्दै आईरहेको र सम्मानित पर्सा जिल्ला अदालतबाट मिति २०८०।०७।१९ गते आरती कुमारी भएको ज्यान सम्बन्धी ( कर्तव्य ज्यान ) मुद्दामा पक्राउ पुर्जी जारी भई प्रतिवादी आरती कुमारी पर्साको विरगंजमा घुमफिर गरिरहेको भनि बिशेष सूचनाको आधारमा खोजतलास गर्ने क्रममा मिति २०८१।०२।०१ गते १५:०० बजेको समयमा बिरगंज महानगरपालिका वडा नं.१३ मा फेला पारी कानूनी रितपुर्याई अदालतबाट जारी भएको पक्राउ पुर्जी दिई पक्राउ गरी आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान कार्य भइरहेको पर्साका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले जानकारी दिनुभयो ।