अजित कुमार भुजेल , बिरगंज। गर्मी मौसम सुरु भएसङै तराईका केहि जिल्लाहरुमा दिनानुदिन आगलागीका घटना बढदै गैई रहेको हुदा त्यसबाट बच्न र बचाउन सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया-२ पर्साको आयोजनामा “समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत पर्सा जिल्ला बी.म.न.पा.बडा नं.२ स्थित प्रहरी बिट छपकैया अगाडि आगलागि सम्बन्धि जनचेतना मुलक पर्चा पम्पलेट बितरण गर्नुका साथै ध्वनि प्रदुषण तथा आगलागि सम्बन्धि झिङ्गर वजाई आम जनताहरुलाई सचेत गराउने कार्यक्रम सम्पन्न गरेको थियो ।
उक्त कार्यक्रम सामुदायिक सेवा केन्द्र छपकैयाका सचिव प्रबिण बिक्रम शाहको बिशेष उपस्थितिमा सामुदायिक प्रहरीका प्रहरी हवल्दार देवेन्द्र कुमार पटेल,प्र.ज मनोज प्रसाद लगायत स्थानियहरुको उपस्थिति रहेको थियो।