अजित कुमार भुजेल , बिरगंज । मधेस प्रदेश मै पहिलो पटक बिरगंजमा राष्ट्रिय स्तरको बुद्धिचाल ( चेस ) प्रतियोगिता खेलको समापन कार्यक्रम सम्पन्न भएको छ ।
बिरगंजको क्लासिक ब्यान्केटमा बैशाख १० गतेदेखि १२ गतेसम्म ३ दिन चलेको सो प्रतियोगिताको आज समापन भएको हो।
नेपाल बुद्धिचाल महासंघ , पर्सा जिल्ला बुद्धिचाल संघ र मुनलाईट माबीको मुख्य आयोजनामा र नेशनल ईन्फोटेक कलेजको सहआयोजनामा ३ दिनसम्म सो प्रतियोगिता सन्चालन भएको थियो ।
देश भरिका महिला पुरुष गरि जम्मा ७५ जनाको सहभागीता रहेको थियो । पुरुष तर्फ ६ समूहमा र महिला तर्फ पनि ६ समुह गरि खेल खेलाईएको थियो ।
पुरुष अन्डर १८ तर्फबाट पुरुषाेतम सिलवाल प्रथम , अन्डर १६ तर्फबाट अनुष्ण गौतम, अन्डर १४ तर्फबाट अनुप जंग शाह , अन्डर १२ तर्फबाट अबिन पान्डे , अन्डर १० तर्फबाट अग्रिम सैजु र अन्डर ८ तर्फबाट सुनभ ओझा प्रथम भएका थिए भने महिला अन्डर १८ तर्फबाट सनम श्रेष्ठ , अन्डर १६ तर्फबाट पुर्णिामा गुरुङ , अन्डर १४ तर्फबाट स्नेहा साह , अन्डर १२ तर्फबाट बिबिसा तामाङ , अन्डर १० तर्फबाट ईसा गिरि र अन्डर ८ तर्फबाट अग्रता आचार्य प्रथम भएका थिए ।
प्रतियोगितामा बिजेता तथा उपबिजेताहरुलाई मेडल र प्रमाणपत्र प्रमुख अतिथि बिरगंज महानगर पालिका प्रमुख राजेशमान सिंहले प्रदान गर्नु भएको थियो ।
प्रमुख अतिथि सिंहले मधेस प्रदेशमा पहिलो राष्ट्रिय स्तरको प्रतियोगिता बिरगंजमा हुनु आफैमा गौरबमय रहेको र देशभरीबाट पाल्नु हुने खेलाडी , अभिभावक र नेपाल बुद्धिचाल महासंघका सम्पुर्ण पदाधिकारी , टिमलाई बिरगंज महानगरमा स्वागत गर्दै पछिल्लो समय बिरगंजमा खेलकुद गतिविधी बढ्दै गएको र यो बिरगंजबासीका लागि खुशीको विषय भएको बताए ।
उनले बिरगंज महानगरपालिकाले युवा र खेलकुदलाई प्राथमिकता दिएको बताए ।
यहाँका खेलाडीको सम्मान र प्रोत्साहनका क्षेत्रमा महानगरले काम गरिरहेको पनि उनले बताए। बिरगंजमा आगामी दिनमा अझै धेरै खेलकुद गतिविधि बढाउने गरी महानगरले गृहकार्य गरिरहेको बताए ।
नेपाल बुद्धिचाल ( चेस) महासंघका केन्द्रीय महासचिव धर्म बहादुर लामाले नेपाल बुद्धिचाल महासंघले विद्यार्थीहरुको लागि मात्र नभैइ समग्र बुद्धिचाल खेलाडीहरुको बिकास गर्नको निम्ति राष्ट्र भित्र बुद्धिचालको बिस्तार गर्नको निम्ति योजना बद्द रुपले अगाडि बढेको बताए ।
चेस खेल हरेक महिना बर्षको १२ वटा खेल गराउदै आईरहेको तथा खेलकुदलाई व्यवसायिकरण गराउनका लागि तीन वटै तहका सरकार उदासिन रहेको प्रति चिन्ता व्यक्त गरेका थिए ।
खेलकुदलाई हेर्ने राज्यको दृष्टिकोण नफेरिएसम्म खेलकुदको विकास हुन नसक्ने उनको धारणा छ । खेलकुद र खेलाडीमा लगानी बढाउनुपर्नेमा जोड दिँदै उनले खेलाडीलाई मासिक प्रोत्साहन भत्तासँगै, राष्ट्रसेवक खेलाडीलाई निश्चित मापदण्ड बनाएर सम्मानजनक जीवनयापनका लागि निवृतिभरणको व्यवस्थाका लागि महासंघले निरन्तर आवाज उठाइरहेको बताए ।
प्रतियोगीताका निर्देशक सुलभ केसीका अनुसार सबै उमेर समूहका विजेताहरुले आगामी जुन ९ देखि २१ सम्म कजाकस्तानमा हुने २७ औँ एसियन यूथ चेस च्याम्पियनसिपमा नेपालको तर्फबाट सहभागिता जनाउने बताए ।
सो कार्यक्रममा पर्सा बुद्धिचाल संघका अध्यक्ष अजय कुर्मी , मुनलाईट माबिका प्रिन्सिपल श्याम केसि , कार्यक्रम निर्देशक सुलभ केसि , पत्रकार महासंघ पर्साका अध्यक्ष युवराज खड्का , प्याब्सन बिरगंज नगर अध्यक्ष आलोक चौरसिया, बिरगंज युवा समाजका सस्थापक अध्यक्ष कमल चौगाई , मार्टिन मोक्तान , स्काउटका राजन जोशी , खेलकुद पत्रकार संघ पर्साका अध्यक्ष तिवारी यादव लगायतको सहभागिता रहेको थियो ।
त्यसैगरि कार्यक्रममा सहयोग गर्ने विभिन्न सस्था , सन्चारकर्मीलाई मायाको चिनोद्वारा सम्मान गरिएको थियो ।
कार्यक्रम उज्वल घिमिरेले सन्चालन गर्नु भएको थियो ।