सामुदायिक सेवा केन्द्र छ्पकैयाको आयोजनामा तथा अल मन्सुर फाउन्डेसन र राईजिङ्ग बिरगंज नेपालको विशेष सहयोगमा नगद र बिवाहको लागि चाहिने आवस्यक भाडाकुडा बितरण

Date:

अजित कुमार भुजेल , बिरगंज । “समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छ्पकैया-२ को आयोजनामा तथा अल मंसुर फाउण्डेसन र राईजिङ्ग वीरगंज नेपालको विशेष सहयोगमा पर्सा  जिल्ला बी.म.न.पा.बडा नं.१६ स्थित प्रहरी चौकी इनर्वा पर्साको प्राङ्गणमा बिवाहको लागि चाहिने आवस्यक किचेनको सामान बितरण गरेको थियो ।

पर्सा जिल्ला बी.म.न.पा.बडा नं.१६ वस्ने महमद हसन शेख र भारत पुर्वी चम्पारण थाना रक्सौल गाँउ महदेवा बडा नं.७ वस्ने अविद हुसैन समेतलाई छोरीको बिबाहको लागी नगद रु ५०००(पाँच हजार) गरि चाहिने भाडा कुडा लगायत सम्पुर्ण किचेन सामाग्री बितरण कार्यक्रम सम्पन्न  भएको थियो ।

उक्त कार्यक्रम सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष हाजी ग्यासुदिन ठकुराईको अध्यक्षतामा तथा वडा प्रहरी कार्यालय बिर्ताका कार्यालय प्रमुख प्र.नि.पुष्कर वोगटीको प्रमुख आतिथ्यमा अल-मंसुर फाउन्डेशनको अध्यक्ष जेयाहुल हक समानी, प्रहरी चौकी इनर्वाका कार्यालय प्रमुख तेज प्रताप सिंह , सामुदायिक सेवा केन्द्रका बरिष्ठ उपाध्यक्ष अब्दुल हक , कोषाध्यक्ष श्रीमती प्रेम कुमार सिंह , गणेश ठाकुर ,श्रीमती जैबु नेशा, श्रीमती हसिना खातुन, सामुदायिक प्रहरीका प्रहरी सहायक निरीक्षक विनोद प्रसाद यादव, प्रहरी हवल्दार देवेन्द्र कुमार पटेल , प्रहरी हबल्दार रुप कुमार यादव , प्रहरी जवान बिर बहादुर यादव लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...