ऎन कानुन परिधिभित्र रहेर आफुले काम गर्ने :- प्रहरी उपरीक्षक ढुङ्गेल

Date:

अजित कुमार भुजेल , बिरगंज । ऎन कानुनको परिधिभित्र  रहेर आफुले काम गर्ने पर्साका प्रहरी उपरीक्षक कुमोध ढुङ्गेल बताए ।

पर्सा जिल्लाको प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेको करिब एक महिना पछि बुधबार पत्रकार भेटघाटमा पत्रकारहरुले सोधेका प्रश्नको जवाफ दिदै ढुङ्गेलले आफ्नो कुनै योजना नभएको र नराम्रा कामलाई सच्याउदै जाने र राम्रा कामलाइ निरन्तरता दिने बताए ।

धेरै कुरा यस्ता पनि छन् जुन सार्वजनिक गर्दिन , देख्या कुराहरु तयारी गर्छु र  तपाईंलाई रिजल्ट देखाउछु , यहा के कुराको कमजोरी छ , के कुराको कन्ट्रोल गर्नु पर्ने छ । त्यो हामीले अध्ययन गरि सकेका छौ । यदि दोषी ठहर भएमा जो कोहिलाई पनि कानुनी कठघरामा ल्याउन आफू पछी नहटने र सोर्सफोर्समा काम कार्वाही पनि नगर्ने बताए ।

प्रहरी उपरीक्षक ढुङ्गेलले सूचना संकलन गर्नका लागि युनिट नै रहेकाले घुमुवा प्रहरी नरहने बताए ।

कुनैपनि किसिमको समाचार सम्प्रेषण गर्दा जनतामा असर नपर्ने गरि सम्बधित विषयको निचोडमा पुगेर मात्र समाचार लेख्न र प्रकाशन गर्न पत्रकारहरु सङ्ग अनुरोध गरेका थिए ।

त्यसैगरी उनले पर्सा जिल्लामा प्रहरीले शान्तिसुरक्षा, आपराधिक गतिविधि र चोरी पैठारी नियन्त्रण गर्ने कामकारबाही बारेमा पत्रकारहरूले सहज रूपमा सूचना पाउने पनि बताए ।

प्रहरी उपरीक्षक ढुङ्गेलले जिल्लामा शान्तिसुरक्षा , अपराधिक गतिविधि जस्ता कार्यमा पत्रकारहरूको सहयोग आवश्यक रहेकोे बताए ।

नेपालको संविधान, कानुन अनुसार नै प्रहरीले काम कारबाही गर्ने भएकाले सोही अनुसार अगाडि बढ्ने र कसैको दबाबमा काम नगर्ने प्रहरी उपरीक्षक ढुङ्गेलले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...

बिरगंज महानगरको अबैध कर संकलनमा अदालतको ब्रेक , सान्सद पन्तको पहल सफल

पर्सा पोस्ट, बैशाख ११ गते, वीरगञ्ज । जनहितका मुद्दामा निरन्तर...

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...