पर्सा प्रहरीद्वारा बिरगंजको क्यासिनोबाट चार जना पक्राउ

Date:

अजित कुमार भुजेल , बिरगंज ।बिरगंजको क्यासिनोबाट मंगलवार चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पर्सा जिल्ला बिरगंज महानगरपालिका वडा नं.१५ भिष्वा होटलको क्यासिनोमा नेपाली व्यक्तिहरूलाई अनाधिकृतमा प्रवेश गराइ जुवा खेलाउदै गरेको भन्ने विशेष सूचनाको आधारमा मंगलवार राति अन्दाजी १८:३० बजेको समयमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटि गएको  प्रहरी टोलीले भिष्वा होटलको क्यासिनोमा प्रवेश गर्न खोज्दा प्रहरी टोलीसंग वादविवाद तथा प्रहरी कारवाहीमा वाधा अवरोध गरेको हुँदा कास्की जिल्ला पोखरा म.न.पा.वडा नं.१५ बस्ने वर्ष ३२ को प्रताप लामा (CMG Club को सेक्युरिटी गार्ड ),
सर्लाही जिल्ला बरहथवा न.पा.वडा नं.११ बस्ने वर्ष ३४ को उमेश कार्की ( CMG Club को Marketing Manager),पर्सा जिल्ला बिरगंज म.न.पा.वडा नं.१६ नगवा बस्ने वर्ष ३४ को पप्पु सिंह ( CMG Club को फ्लास मनिटर ) र सोही वडा नं.८ बस्ने वर्ष ४० को सुरज कुमार कलवारलाई नियन्त्रणमा लिई थप अनुशन्धान कार्य भैई रहेको पर्सा प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...