उपभोक्ता हित संरक्षण मञ्च नेपाल पर्साको पहलमा बिरगंजका दुई पेट्रोल पम्प मनोज केयर र केडिया अटोलाई टोलेरेन्स शुन्य गर्न निर्देशन

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंजको पेट्रोल पम्पहरुमा आज अनुगमन भएको छ ।

उपभोक्ता हित संरक्षण मञ्च नेपाल जिल्ला जिल्ला कार्य समिति पर्साको गुनासो र उजुरीको आधारमा उपभोक्ता हित संरक्षण मञ्च नेपालको अगुवाईमा गुणस्तर तथा नापतौल कार्यालय बिरगंजको सहयोगमा बुधबार बिरगंजका पेट्रोल पम्पहरुमा अनुगमन गरेको थियो ।

उपभोक्ता हित संरक्षण मञ्च नेपालले आज पहिलो दिन  बिरगंजमा रहेको तिन वटा पेट्रोल पम्पहरुमा अनुगमन गरेको थियो।

अनुगमनको क्रममा मनोज केयर आयलको मेशिनमा दस लिटरमा माईनस २५ टोलेरेन्स देखिएको थियो। यस्तै केडिया अटो इन्टरप्राईजेजको मेशिनमा दस लिटरमा माईनस २० टोलेरेन्स भएको पाइएको थियो

दुबै पेट्रोल पम्पलाई टोलेरेन्स शुन्य गर्न निर्देशन दिइएको गुणस्तर तथा नापतौल कार्यालयको वीरगंजका निरिक्षक रामजी लम्सालले जानकारी दिए।

उक्त टोलेरेन्स बढी देखिएकोले तत्कालै शुन्य गर्न निर्देशन दिएको उनले बताए।

नियम अनुसार पेट्रोलियम पदार्थमा टोलेरेन्स प्रति दस लिटरमा टालेरेन्स माईनस २५ सम्म हुन सक्ने भएपनि सधैको लागि त्यस्तो राख्न नपाइने भएकाले तत्कालै दुबै पम्पलाई शुन्य गर्नको लागि कार्यालयमा निबेदन दिन निर्देशन दिइएको लम्सालले बताए।

पम्पले निबेदन दिएपछि कार्यालयले मेशिनको टोलेरेन्स शुन्य गर्ने उनको भनाई छ।

पशुपति अटो मोबाईल सेन्टर प्रालिको मेशिन भने मापदण्ड अनुसार नै चलेको अनुगमनको क्रममा पाइएको थियो।

गुणस्तर तथा नापतौल कार्यालय बिरगंजका निरीक्षक रामजि लम्साल,  जिल्ला प्रशासन कार्यालय पर्साका कृष्ण कुमार कुशवाह , वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बिरगंज पर्साका रन्जन यादव , उपभोक्ता हित संरक्षण मञ्च नेपाल पर्साका सदस्य राकेश अधिकारी , मनिष कुमार गुप्ता, सन्दीप कुमार चौधरी सहितको  प्रतिनिधिहरुको सहभागितामा संयुक्त अनुगमन टोलीहरुले पम्पहरुको अनुगमन गरेको थियो।

बिरगंज महानगर र पर्सा जिल्लाका ग्रामीण भेगहरुमा पनि निरन्तर अनुगमन गर्ने र गल्ती गर्नेलाई कार्वाही समेत गर्न उपभोक्ता हित संरक्षण मञ्च नेपालको माग रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...