बिलबिजक भन्दा बढी विभिन्न किसिमका खुद्रा सामान लोड रहेको ट्रक पर्सा प्रहरीको नियन्त्रणमा

Date:

अजित कुमार भुजेल , बिरगंज । बिल बिजक भन्दा बढी विभिन्न किसिमका खुद्रा सामानहरु लोड रहेको  ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।

आज बेलुकी १२:३० बजेको समयमा पर्सा जिल्ला बिरगंज महानगरपालिका वडा नं.२१ हनुमानचोक स्थित सडकखण्डमा ना.३ ख ७५९१ नम्बरको मालवाहक ट्रकमा राजश्व छली चोरी गरी विल विजक भन्दा बढी मालबस्तुहरू लोड गरी वीरगञ्जबाट राजबिराजतर्फ जाँदै गरेको छ भन्ने समेत व्यहोराको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा अन्तर्गत प्रहरी चौकी परवानीपुरबाट खटिएको चेकिङ टोलीले उक्त मालवाहक ट्रकलाई नियन्त्रणमा लिई लोड रहेको मालबस्तुहरु ONLINE VCTS विलमा उल्लेखित भन्दा बढी लोड रहेको आसंका रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा ना.३ ख ७५९१ नम्बरको मालवाहक ट्रकलाई नियन्त्रणमा लिई उक्त मालवाहक ट्रकभित्र लोड रहेको कपडा तथा खुद्रा समानहरू (उल्लेखित विल अनुसार) अ.मु.रू.२५,८८,९५७।- (पच्चीस लाख अठासी हजार नौ सय सन्ताउन्न )  बराबरको ट्रकभित्र लोड रहेको मालबस्तुहरू आवश्यक कारवाहीको लागि आजै राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाएको पर्सा प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...