अजित कुमार भुजेल , बिरगंज । बिरगंजको नारायणी रंगशालामा जारी प्रथम अल्पाइन इन्टर कलेज टी २० क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलवार भएको क्वाटर फाईनल दुई खेलहरु सम्पन्न भएको थियो ।
पहिलो खेल नेशनल इन्फोटेक र श्री दुर्गा तथा दोस्रो खेल बिरगंज पब्लिक र डेसिमल कलेज बिचको खेल सम्पन्न भएको छ ।
दुई खेलमा नेशनल इन्फोटेक र बिरगंज पब्लिक बिजयी भएका छन् । आज सम्पन्न दोस्रो खेलमा बिरगंज पब्लिकले डेसिमललाई ५ रनले हरायो । टस जितेर ब्याटिङ गरेको बिरगंज पब्लिकले १८.३ ओभरमा पूरै विकेट गुमाएर १२४ रन बनाएको थियो ।
जवाफी ब्याटिङ गरेको डेसिमल १९.३ ओभरमा ११९ रनमै सिमित भएको थियो । खेलमा अफसर हुसेन म्यान अफ दि म्याच घोषित भए ।
त्यसअघि आजै भएको पहिलो खेलमा नेशनल इन्फोटेकले ७ विकेटले श्री दुर्गालाई पराजित गरेको थियो । दुर्गाले दिएको लक्ष्य नेशनलले ४.३ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।
त्यस अघि टस जितेर ब्याटिङ गरेको श्री दुर्गाले ९.२ ओभरमा पूरै विकेटको क्षतीमा ३४ रन बनाएका थिए ।
पहिलो खेलमा वासिम अलि मन्सुरी म्यान अफ दि म्याच घोषित भएका थिए ।