मंगलवार भएको क्वाटर फाईनल खेलमा नेशनल ईन्फोटेक र बिरगंज पब्लिक बिजयी

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंजको नारायणी रंगशालामा जारी प्रथम अल्पाइन इन्टर कलेज टी २० क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलवार भएको क्वाटर फाईनल दुई खेलहरु सम्पन्न भएको थियो ।

पहिलो खेल नेशनल इन्फोटेक र श्री दुर्गा तथा दोस्रो खेल बिरगंज पब्लिक र डेसिमल कलेज बिचको खेल सम्पन्न भएको छ ।

दुई खेलमा नेशनल इन्फोटेक र बिरगंज पब्लिक बिजयी भएका छन् । आज सम्पन्न दोस्रो खेलमा बिरगंज पब्लिकले डेसिमललाई ५ रनले हरायो । टस जितेर ब्याटिङ गरेको बिरगंज पब्लिकले १८.३ ओभरमा पूरै विकेट गुमाएर  १२४ रन बनाएको थियो ।

जवाफी ब्याटिङ गरेको डेसिमल १९.३ ओभरमा ११९ रनमै सिमित भएको थियो । खेलमा अफसर हुसेन म्यान अफ दि म्याच घोषित भए ।

त्यसअघि आजै भएको पहिलो खेलमा नेशनल इन्फोटेकले ७ विकेटले श्री दुर्गालाई पराजित गरेको थियो । दुर्गाले दिएको लक्ष्य नेशनलले ४.३ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।

त्यस अघि टस जितेर ब्याटिङ गरेको श्री दुर्गाले ९.२ ओभरमा पूरै विकेटको क्षतीमा ३४ रन बनाएका थिए ।

पहिलो खेलमा वासिम अलि मन्सुरी म्यान अफ दि म्याच घोषित भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...

बिश्वकप जितपछि स्पेनमा नयाँ युगको प्रतीक बन्यो लियोनोर – यामलको ट्रफि उत्सव

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज। स्पेनले २०२६ फिफा विश्वकपको...