अजित कुमार भुजेल , बिरगंज । बिल बिजक भन्दा बढी हार्डवेयरका सामान लोड रहेको मालवाहक ट्याक्टर पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिल विजक भन्दा बढी हार्डवेयरको सामान बोकेको माल बाहक ट्याक्टर आइतबार बेलुकी ९:३० बजे ICP बाट वीरगञ्जतर्फ आउदै गरेको छ भन्ने सूचनाको आधारमा पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका वडा नं.२५ चण्डाल चोक स्थित सडकखण्डमा BR05GA 3791 नम्बरको ट्याक्टरलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी हार्डवेयरका पार्टस लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा अ.मु.रू.२,३३,४८१।- (दुई लाख तेतीस हजार चार सय एक्कासी) बराबरको हार्डवेयर पार्टसहरू नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि आजै राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको पर्सा प्रहरीले जनाएको छ ।