रौतहटमा ३ जना नक्कली स्वास्थ्यकर्मी पक्राउ

Date:

अजित कुमार भुजेल , बीरगंज । रौतहटको यमुनामाई गापा वडा नं १ शुकदेव चौकस्थित एक निजी अस्पतालबाट ३ जना नक्कली स्वास्थ्यकर्मी पक्राउ परेका छन ।

यमुनामाई गाउपालिका १ सुकदेव चौकमास्थित सगरमाथा तराई हस्पिटल प्रा.लिमा कार्यरत ३ जना नक्कली स्वास्थ्यकर्मी पक्राउ परेका हुन ।

पक्राउ पर्नेहरूमा भारतको बिहार राज्य जिल्ला पुर्वी चम्पारण थाना ढाका वडा नं १४ खैरवा बस्ने ४५ को हसिंन अख्तर, भारत बिहार राज्य जिल्ला पूर्वी चम्पारण थाना सिकारगंज वडा नं ३ वटोआ बस्ने २७ को मो. तबरेज आलम  र यमुनामाई गापा वडा नं.२ भेडियाहीटोल बस्ने २७ को कलाम मन्सुरी रहेको प्रहरीले जनाएको छ ।

निर्धारित शैक्षिक योग्यता प्राप्त नगरेका र इलाज गर्ने अनुमतिपत्र प्राप्त नगरेका व्यक्तिहरुलाई राखी बिरामीहरूको एपेन्डिस, पायल्स, युट्रेस लगायतका अपरेसन हुदै आएको सुचनाको आधारमा ती नक्कली डाक्टर पक्राउ परेको  रौतहटका प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले जानकारी दिएका छन ।

उनीहरुलाइ गत फागुण १ गते जिल्ला प्रशासन कार्यालय रौतहट तथा जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त अनुगमन टोलीले अस्पतालमा अनुगमन गर्दा पक्राउ गरेको एसपी श्रेष्ठले बताएका छन् ।

उनीहरूसँग बिरामीहरूको उपचार गर्न पाउने इजाजत पत्र माग गर्दा निजहरुसंग उपचार गर्नको लागि चाहिने निर्धारित शैक्षिक योग्यताको प्रमाण पत्र नभएको कारण निजहरुलाई पक्राउ गरी मुलुकी अपराध संहिता २०७४ अन्तर्गत इलाज सम्बन्धी कसूरमा मुद्दा दर्ता समेत गरेको एसपी श्रेष्ठले जानकारी दिएका छन् ।

अस्पताल सञ्चालनमा संलग्न अन्य व्यक्तिहरूको  खोजतलास गर्ने कार्य भइरहेको उनले जानकारी दिएका छन  ।

पछिल्लो समय रौतहटमा बिना दर्ता  ब्यापक रुपमा निजी अस्पताल सञ्चालन भइरहेको पाइएको छ ।

नियमनकारी निकायले जिल्लामा सञ्चालित त्यस्ता अस्पतालहरूको अनुगमन नगर्दा सैयौँ नागरिकहरूले अकालमा ज्यान गुमाउनु परिरहेको स्थानीयहरूले बताएका छन् ।
मा रौतहट स्थित सञ्चालित निजी स्वास्थ्य संस्थाहरूको अविलम्ब अनुगमन गर्न जिल्लावासीले माग गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...

बिरगंज महानगरको अबैध कर संकलनमा अदालतको ब्रेक , सान्सद पन्तको पहल सफल

पर्सा पोस्ट, बैशाख ११ गते, वीरगञ्ज । जनहितका मुद्दामा निरन्तर...

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...