रोयल एकेडेमीको बार्षिक समारोह कार्यक्रममा जुनियर बालबालिकाद्वारा आआफ्नो प्रतिभा प्रस्तुत गरेका थिए

Date:

अजित कुमार भुजेल , बिरगंज । रोयल एकेडेमीको बार्षिक समारोह कार्यक्रम सम्पन्न भएको छ ।

रोयल एकेडेमीको आयोजनामा गुरु नै जीवनको ज्योति हो भन्ने नाराका साथ बिरगंजको होटेल क्लासिक ब्यान्केटमा शनिबार भब्यताका साथ विभिन्न कार्यक्रम गरि मनाएको थियो ।

नर्सरि देखि युकेजीका जुनियर ससाना विद्यार्थी भाईबहिनिहरुद्वारा स्वागत गान र स्वागत नृत्य , विभिन्न सास्कृतिक गितमा नृत्य गरि आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

त्यसैगरि परिचय कार्यक्रम , आमा- बुवाको गानामा नृत्य , जनावर परिवारको बारेमा जानकारी , बालगित , आफ्नो र आफ्नो परिवारको बारे जानकारी , गुरुका विषयबस्तुमा नाच प्रदर्शन , भगवानको भजन र महाभारत सम्बन्धि नृत्य प्रदर्शन गरेका थिए ।

ससाना विद्यार्थीहरुलाई आत्मबल बढाउन , पढाईको साथ साथै उनिहरुको व्यक्तित्व बिकास , मानसिक बिकास र शारीरिक बिकासको लागि यो कार्यक्रमको आयोजना गरिएको र आफ्नो प्रतिभालाई प्रस्तुत गर्दै अगाडि बढन यसले धेरै मद्दत पुग्ने बताए । घर पहिलो पाठशाला हो भने बिधालय दोस्रो पाठशाला भएको प्रिन्सिपल बिजया ओझैयाले बताए ।

स्कुलले बार्षिक समारोह कार्यक्रममा पढाई सङै अतिरिक्त क्रियाकलाप , नाचगान ,  देशभक्ती , राष्ट्रियता, वातावरण , कला , धर्म , सस्कृति , रुढीबादी परम्परा , बिश्वमा नेपालको पहिचान र नृत्यकलाले उपस्थित अभिभावकहरु आआफ्नो बच्चाहरुको प्रतिभा देखेर मख्ख भएका थिए ।

रोयल एकेडेमीका प्रिन्सिपल बिजया ओझैयाको सभापतित्वमा भएको सो कार्यक्रमका प्रमुख अतिथि रोयल एकेडेमीका चेयरमेन ओमप्रकाश श्रेष्ठ, डाईरेक्टर सबनम श्रेष्ठ , डा. अशोक दास , निभा दास , डा. शैलेश ठाकुर , लायन संगीता प्याकुरेल , चंचला दास, पल्लबी हरलाल्लका , सन्चारकर्मी जगत राई , अजित भुजेल , अभिभावकहरु , शिक्षक , शिक्षिका , विद्यार्थीहरुको समेत उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंज महानगरको अबैध कर संकलनमा अदालतको ब्रेक , सान्सद पन्तको पहल सफल

पर्सा पोस्ट, बैशाख ११ गते, वीरगञ्ज । जनहितका मुद्दामा निरन्तर...

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...