बिपिसी कलेजद्वारा हल्टप्राईज -२०८० सम्पन्न , Rus टिम प्रथम स्थान

Date:

अजित कुमार भुजेल , वीरगन्ज ।  हल्ट प्राईज बिपिसी -२०८० को अन्तिम कार्यक्रम सभ्य एवं भब्य रुपले सम्पन्न भएको छ ।

शनिबार वीरगन्ज -१० स्तिथ त्रिशला रेष्टुरेन्टमा भएको कार्यक्रमको फाइनलमा RUS टिमले उपाधी जितेको छ ।

प्रमुख अतिथिको भूमिका वीरगन्ज महानगर पालिकाका  मेयर राजेशमान सिंह एवं बिशिस्ट अतिथिहरु वीरगन्ज उधोग वाणिज्य संघका अध्यक्ष अनिल पटवारी , मधेश विश्वविद्यालयका उपकुलपति प्रा. डा.  दिपक शाक्य , Nyef वीरगन्जकास्त्जापक  अध्यक्ष अरबिन्द अमात्य, अतिथिहरुमा सन्चारकर्मीहरु लालबाबु सिंह , सन्जय दास थारु,सुर्य बिक लगायत कलेजका शिक्षक बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको सुभारम्भ प्रमुख अतिथि ,विशिस्ट अतिथी , अतिथिहरुले पानसमा दिप प्रज्वलन गरी गरेका थिए ।

समारोहलाई सम्बोधन गर्दै प्रमुख सिंहले वैभब वीरगञ्ज बनाउनका लागि ऊर्जाशिल एवम् सिर्जनशील युवाको महत्वपूर्ण भूमिका हुने बताए ।

तपाई युवाहरु नै मेरो ऊर्जाको स्रोत हुनुहुन्छ । त्यसैले हामी सबै मिलेर वीरगञ्जलाई बैभव बनाउने अभियालाई सफल पारौँ । हामीले गरीरहेका कामलाई अझै राम्रो र प्रभावकारी बनाउने खालका कुनै योजना छन् भने आउनुहोस् सहकार्य गरौ भन्दै सिंहले समाजमा सद्भभाव कायम गर्नका लागि युवा वर्ग सचेत हुनुपर्नेमा जोड दिएका थिए ।

सामाजिक सद्भभाव तथा धार्मिक सहिष्णुताका बारेमा सचेत हुनुका साथै अरुलाई पनि सचेत बनाई समाजलाई शान्त र सभ्य बनाउनुपर्ने प्रमुख सिंहको भनाई छ ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै मधेश विश्वविद्यालयका उपकूलपति प्राध्यापक डा. दीपक शाक्यले जागिर खोज्ने भन्दा पनि रोजगारी सृजना गर्ने जनशक्ति उत्पादन गर्नुपर्ने आवश्यक्ता औँल्याए ।

उनले अब काम खोज्ने हैन काम दिने मान्छे बनाउनुपर्छ । कुनै पनि काम सानो ठूलो हुँदैन । मान्छेले के भन्लान् भनेर काम नगर्ने सोच र प्रवृतीलाई त्यागेर मेहनत र लगनमा विश्वास गरौँ ।

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवालले यहाँका उद्योग व्यवसायमा आवश्यक पर्ने जनशक्ति बाहिरबाट बोलाउनुपर्ने बाध्यता रहेको बताए । उद्योग तथा कलकारखानाका लागि आवश्यक पर्ने जनशक्ति यहीँ उत्पादन गर्न सके कोही पनि बेरोजगार हुनुपर्ने अवस्था नआउने उनको जिकिर छ ।

त्यस्तै Nyef वीरगन्जका संस्थापक अध्यक्ष एवं सफल ब्यवसायी अरबिन्द अमात्यले वीरगन्ज नेपालको आर्थिक राजधानी मात्र नभै देशकै ब्यवसायमा अग्रणी भुमिका निर्वाह गर्ने शहर पनि रहेको छ ।  वर्तमानमा आइटिको क्षेत्रले गर्दा देशमा ५८०० करोड भित्रयाउने गर्दछ र यसमा दिनानुदिन बढी हुँदै गैरहेको अवस्था छ । यस्को मुख्य कारण हाम्रो उत्तर र दक्षिणमा रहेको विश्वकै ३ र ४ थौ आर्थिक शक्ति चीन र भारत देश रहेको हो र उनिहरुको साथ सहयोगले हामी आइटी लगायत ब्यवसायका विभिन्न क्षेत्रमा अझ बढी फडको मार्न सकिने भएकोले त्यसतर्फ पनि सरकारले ध्यान दिन जरुरी रहेकोमा जोड दिदै सहभागी सम्पुर्ण युवाहरुलाइ सफलताको शुभकामना प्रदान गरेका थिए ।

हल्टप्राइज फाइनलका  निर्णायकहरुमा मोहित ग्रूपका प्रबन्ध निर्देशक मोहित गुप्ता, लिटिल एञ्जल स्कुलका प्रबन्ध निर्देशक एवम् प्रिन्सीपल सन्नी पाख्रिन, कम्प्युटर एशोसिएसन अफ नेपाल (क्यान) पर्साका अध्यक्ष प्रशान्त कुमार र सिटिजन बैंकका रिजनल हेड नितेश खड्गीले ससक्त भूमिका निर्वाह गरेका छन् ।

कार्यक्रममा Triftgunj ,Rus , Innovatex ,Threadsbant ,
<span;>Adhyapan , Swasth yatra गरि ६ वटा टोलीले आ-आफ्नो व्यापारिक विचारहरू जजहरु लगायत सम्पुर्णको अगाडि राखेका थिए ।

सहभागी ६ टिमहरु मध्ये टिम RUS प्रतियोगिताको बिजेता भएको छ । RUS ले आफ्नो घरदैलोमा जनतालाई दैनिक अत्यावश्यक सबै प्रकारका सेवाहरु उपलब्ध गराउने लक्ष्य राखेकोले सबैको मन जितेका थिए ।

त्यसैगरी टिम अद्यापनलाई प्रथम उपविजेताले सम्मान गरिएको थियो । टोलीको विचार ज्ञान खोज्ने विद्यार्थीहरू र आफ्नो विशेषज्ञता बाँड्न इच्छुक व्यक्तिहरू बीचको खाडललाई कम गर्नको लागि थियो। स्वस्थ यात्रा टिमलाई दोस्रो उपविजेताको रुपमा सम्मान गरिएको थियो। टोलीको विचार स्वास्थ्य सेवामा देखिएको विभिन्न समस्याहरु कम गर्नुको साथै ग्रामिण भेगका सेवाग्राहीलाई सहुलियत  प्रदायक वेबसाइटहरू बनाउने थियो।

आजको कार्यक्रममा  प्रत्येक टिमलाइ ४ मिनेट आफ्नो प्रोडक्टको बारेमा सम्झाउन र अर्को ४ मिनेट जजहरुको प्रश्न जिज्ञासा् सुझावको जवाफ दिन तोकिएको नियम बाचन गरि कलेजका ताना सुल्तानाले र स्वागत मन्तव्य कलेजका निर्देशक रबि कर्णले गर्नु भएको थियो भने सहजीकरण सन्चारकर्मी शिवम साहले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंज महानगरको अबैध कर संकलनमा अदालतको ब्रेक , सान्सद पन्तको पहल सफल

पर्सा पोस्ट, बैशाख ११ गते, वीरगञ्ज । जनहितका मुद्दामा निरन्तर...

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...