खाद्य अनुगमन प्रभावकारी बनाउन उपभोक्ता हित संरक्षण मञ्च पर्साको माग

Date:

पर्सा पोस्ट, जेठ १७ गते, वीरगञ्ज।
उपभोक्ता हित संरक्षण मञ्च नेपालले पछिल्ला दिनहरूमा वीरगञ्ज र देशका विभिन्न स्थानमा सञ्चालित बजार अनुगमन तथा खाद्य स्वच्छतासम्बन्धी समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

मञ्चले  आइतबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत उपभोक्ताको सचेतना वृद्धि गर्ने उद्देश्यले सञ्चारमाध्यमहरूले निरन्तर समाचार सम्प्रेषण गरिरहेकोप्रति धन्यवाद व्यक्त गर्दै खाद्य स्वच्छता र गुणस्तर कायम गराउने मुख्य जिम्मेवारी सम्बन्धित सरकारी निकायको भएको उल्लेख गरेको छ।

विज्ञप्तिमा स्वस्थ र गुणस्तरीय खाद्यवस्तु प्राप्त गर्नु प्रत्येक नागरिकको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै खाद्यवस्तुको उत्पादन, बजार अनुगमन तथा गुणस्तर परीक्षण गर्ने जिम्मेवारी खाद्य प्रविधि तथा गुण नियन्त्रण क्षेत्रीय कार्यालय जनकपुर र त्यसअन्तर्गतका कार्यालयहरूको भएको बताइएको छ। बजारमा गुणस्तरहीन तथा मापदण्डविपरीतका वस्तु बिक्री–वितरण भइरहेको अवस्थामा सम्बन्धित निकायको प्रभावकारी अनुगमन आवश्यक रहेको मञ्चको भनाइ छ।

मञ्चले उपभोक्ता सचेतना कार्यक्रम जति बढ्दै जान्छ, त्यति नै बजारमा पारदर्शिता र जवाफदेहिता बढ्ने विश्वास व्यक्त गरेको छ। साथै खाद्य स्वच्छता र गुणस्तर कायम राख्न सम्बन्धित सरकारी कार्यालयले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्नेमा जोड दिएको छ।

विज्ञप्तिमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सञ्चालन गर्दै आएको “मोबाइल  ल्याब भ्यान ” कार्यक्रमलाई मधेश प्रदेशका आठवटै जिल्लामा कम्तीमा १०/१२ दिनसम्म सञ्चालन गरी खाद्य स्वच्छता कायम गर्न पहल गर्नुपर्ने माग समेत गरिएको छ।

उपभोक्ता हित संरक्षण मञ्च नेपालका  पर्सा अध्यक्ष सुनील कुमार श्रेष्ठ द्वारा हस्ताक्षरित विज्ञप्तिमा उपभोक्ताको स्वास्थ्य र अधिकार संरक्षणका लागि बजार अनुगमनलाई अझ प्रभावकारी बनाउन सरोकारवाला निकायलाई आग्रह गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जेनजी शहीदको सम्झनामा वीरगञ्जमा दीप प्रज्वलन, ‘युवाको विश्वास नटुटोस्’ : प्रकाश उपाध्याय

पर्सा पोस्ट, भदौ २४ गते, वीरगञ्ज । श्री भगवती युवा...

जेन–जी सहिद दिवसमा वीरगञ्जमा दीप प्रज्वलन, दोषीमाथि कारबाहीको माग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । जेन–जी आन्दोलनका क्रममा...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : रोयल एकेडेमीलाई उपाधि, प्याब्सन पर्साद्वारा बाढीपीडितका लागि १५ लाख सहयोग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । प्याब्सन वीरगञ्जको आयोजनामा...