नारायणी अस्पतालमा साप्ताहिक नि:सुल्क भोजन सेवा तेस्रो वर्षमा , सयौंलाई राहत

Date:

पर्सा पोस्ट , बैशाख ५ गते , बिरगंज । वीरगञ्ज समाज सेवाको पहलमा वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन हुँदै आएको साप्ताहिक निःशुल्क भोजन कार्यक्रम तेस्रो वर्षमा प्रवेश गरेको छ।

विगत दुई वर्षदेखि प्रत्येक शनिबार बिहान ९:३० बजेदेखि अस्पताल प्राङ्गणमा सञ्चालन हुँदै आएको यस कार्यक्रम मार्फत उपचाररत बिरामी, कुरुवा, असहाय व्यक्ति, रिक्सा तथा ई–रिक्सा चालक, साथै यात्रु बटुवाहरूलाई सफा, शुद्ध तथा पोषिलो भोजन प्रदान गरिँदै आएको छ। हरेक हप्ता करिब ४५० देखि ५०० जनाले यस सेवाबाट लाभ लिँदै आएका छन्।

कार्यक्रमका अवसरमा वीरगञ्ज समाज सेवाका अध्यक्ष अशोक गुप्ताले “सेवा नै धर्म हो” भन्ने मूलमन्त्रलाई आत्मसात गर्दै अभियानलाई निरन्तरता दिइएको बताए। उनले दिनदुःखी तथा असहायहरूको सेवा गर्न पाउँदा गर्व महसुस हुने उल्लेख गर्दै समाजका सबैलाई आ-आफ्नो ठाउँबाट सहयोग र सहभागिताका लागि आग्रह गरे। साथै, अभियानलाई तेस्रो वर्षमा पुर्‍याउन सहयोग गर्ने सम्पूर्ण दाता, शुभेच्छुक, सल्लाहकार तथा सदस्यप्रति आभार व्यक्त गरे।

समाजका सचिव प्रकाश वाहेतीले ‘कोही भोकै नरहोस्’ भन्ने उद्देश्यसहित दुई वर्षअघि माइस्थान मन्दिर परिसरबाट अभियान सुरु गरिएको स्मरण गरे। पछि नारायणी अस्पतालमा बढी विपन्न र असहाय बिरामीहरूको उपस्थिति रहने भएकाले त्यहाँ निरन्तर सेवा दिन थालिएको उनले बताए। उनले यस अभियानले मानवता मजबुत बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै सबैलाई हातेमालो गर्न आह्वान गरे।

आजको कार्यक्रममा स्वयंसेवकहरूले शुद्ध शाकाहारी भोजन अन्तर्गत भात, दाल, आलु–कोभीको मिक्स तरकारी, हरियो भुटेको खुर्सानीको अचार तथा काक्रो वितरण गरेका थिए। वृद्ध, महिला तथा बालबालिकालाई विशेष प्राथमिकता दिँदै बोलाएर तथा थप्दै भोजन सेवा प्रदान गरिएको थियो।

अध्यक्ष अशोक गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव प्रकाश वाहेती, लालबाबु सिंह, बिरेन्द्र आर्य, निशान्त लाठ, देवव्रत आर्य, मुकेश अग्रवाल, सतिश सरावगी, रामबाबु गुप्ता, बजरङ अग्रवाल, शंकर राई, राजेन्द्र भट्टराई, अभिलाष गुप्ता लगायतका समाजसेवीहरूको सक्रिय सहभागिता रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...