फ्यूचर विङ्स एजुकेशनल कन्सल्टेन्सी बिरगंजमा उद्घाटन , अन्तर्राष्ट्रिय अध्ययनका अवसर विस्तार गर्ने लक्ष्य

Date:

पर्सा पोस्ट, बैशाख ०३ गते, वीरगञ्ज ।
वीरगञ्ज महानगरपालिका–आदर्शनगरस्थित रुंगटा मल्लको दोस्रो तल्लामा फ्युचर विङ्स एजुकेशनल कन्सल्टेन्सी एक विशेष समारोहका बीच औपचारिक रूपमा उद्घाटन गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि वीरगञ्जका वरिष्ठ उद्योगपति तथा समाजसेवी मुर्लीधर रुंगटा र मधेश प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत गद्दीले संयुक्त रूपमा रिबन काटेर कन्सल्टेन्सीको उद्घाटन गरेका हुन्।

उद्घाटन समारोहमा कन्सल्टेन्सीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत इन्जिनियर आर्जुको विशेष उपस्थितिसँगै विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सामुदायिक प्रहरी छपकैया अध्यक्ष तथा समाजसेवी हाजी ग्यासुदिन ठकुराई, नारायण रुंगटा, वरिष्ठ उद्योगपति अनिल अग्रवाल, वडा नं. ३ का अध्यक्ष बैजुलाल स्वर्णकार लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले पछिल्लो समय नेपाली विद्यार्थीहरूमा विदेशमा अध्ययन गर्ने आकर्षण बढ्दै गएको उल्लेख गर्दै गुणस्तरीय परामर्श सेवाको आवश्यकता औंल्याए। उनीहरूले फ्युचर विङ्स कन्सल्टेन्सीले विद्यार्थीहरूलाई सही मार्गदर्शन प्रदान गर्दै सुरक्षित र प्रभावकारी रूपमा अन्तर्राष्ट्रिय शिक्षामा पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

कन्सल्टेन्सीका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर आर्जुले संस्थाको उद्देश्यबारे जानकारी दिँदै विद्यार्थीहरूलाई भारतका प्रतिष्ठित कलेजहरूमा भर्नादेखि अध्ययन सम्पन्न नहुँदासम्म आवश्यक सम्पूर्ण सहजीकरण उपलब्ध गराइने बताए। साथै, एमबीबीएस अध्ययनका लागि बंगलादेश र भारतमा अवसर उपलब्ध गराइने तथा अन्य विभिन्न शैक्षिक कोर्सहरूका लागि समेत भारतमा अध्ययनको व्यवस्था मिलाइने जानकारी दिए।
उनका अनुसार कन्सल्टेन्सीले विद्यार्थीहरूलाई लक्षित गर्दै आकर्षक उपहार (गिफ्ट) तथा किफायती शुल्क (अफोर्डेबल फी)को व्यवस्था गरेको छ, जसले सेवाग्राहीलाई थप सहज बनाउने विश्वास लिइएको छ।

कार्यक्रमको अन्त्यमा सहभागीहरूले नयाँ कन्सल्टेन्सीको सफलताको कामना गर्दै यसले वीरगञ्जसहित आसपासका क्षेत्रका विद्यार्थीहरूको शैक्षिक भविष्य निर्माणमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा व्यक्त गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...