बिरगंजमा हनुमान जन्मोत्सवको भब्य तयारी : महाआरती र प्रसाद वितरण कार्यक्रम हुँदै

Date:

पर्सा पोस्ट, चैत १७ गते, वीरगञ्ज ।
वीरगञ्जको मेनरोडस्थित ऐतिहासिक तथा प्राचीन श्री महावीर मन्दिरमा यस वर्ष हनुमान जन्मोत्सव भव्य रूपमा मनाइने भएको छ। आगामी चैत १९ गते बिहीबार आयोजना हुने उक्त अवसरमा सामूहिक महाआरतीसहित विविध धार्मिक कार्यक्रमको विशेष तयारी तीव्र पारिएको छ।

वीरगञ्ज महानगरपालिका–६ का वडा अध्यक्ष जयप्रकाश शाहको संयोजनमा सञ्चालन हुने कार्यक्रममा साँझ ठीक ६ बजे भव्य महाआरती गरिनेछ। त्यसपछि साँझ ७:३० बजे श्रद्धालु भक्तजनहरूबीच प्रसाद वितरण गरिने कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ।

डा. पुरुषोत्तम दुबे (आमन्त्रित सदस्य, श्री गहवा माई तीर्थ क्षेत्र विकास समिति)ले हनुमान जन्मोत्सवले समाजमा सकारात्मक ऊर्जा, शान्ति तथा आपसी सद्भाव अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले सम्पूर्ण श्रद्धालुहरूलाई कार्यक्रममा सहभागी भई बजरंगबलीको आशीर्वाद लिन आग्रह गर्नुभएको छ।

कार्यक्रम सफल बनाउन श्री महावीर मन्दिर समिति, साप्ताहिक सुन्दरकाण्ड प्रचार समिति, साप्ताहिक हनुमान चालिसा पाठ समिति, श्याम नवयुवक मण्डल, मारवाडी महिला मञ्च तथा रानी सती ज्योति मण्डल लगायत विभिन्न धार्मिक तथा सामाजिक संघ–संस्थाहरू सक्रिय रूपमा जुटेका छन्।

भक्तजनहरूको उल्लेख्य उपस्थिति रहने अनुमान गर्दै स्थानीय प्रशासनले सुरक्षा व्यवस्था, ट्राफिक व्यवस्थापन तथा भीड नियन्त्रणका लागि विशेष योजना बनाएको जनाएको छ।
आयोजकका अनुसार, यस्तो धार्मिक कार्यक्रमले वीरगञ्जको सांस्कृतिक तथा धार्मिक पहिचानलाई थप मजबुत बनाउनुका साथै धार्मिक पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...