समुदायमा आधारित रोग निगरानी अभिमुखिकरण सम्पन्न , ‘ हेल्लो स्वास्थ्य १११५ ‘ प्रयोगमा जोड

Date:

 

पर्सा पोस्ट , चैत ०९ गते , बिरगंज । समुदायमा देखिन सक्ने अनपेक्षित जनस्वास्थ्य जोखिमलाई समयमै पहिचान गरी नियन्त्रण गर्ने उद्देश्यले वीरगञ्ज महानगरपालिकामा समुदायमा आधारित रोग निगरानी प्रणाली सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

वीरगञ्ज महानगरपालिका स्वास्थ्य तथा सामाजिक विकास महाशाखा अन्तर्गत जनस्वास्थ्य प्रवर्द्धन शाखाको आयोजनामा तथा साझेदारी संस्था PHRD र UNICEF को सहयोगमा वडा नं. २ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा अनपेक्षित जनस्वास्थ्य घटना तथा रोगका लक्षणहरू देखिँदा त्यसको समयमै सूचना प्रवाह गर्नु अत्यन्त महत्वपूर्ण हुनेमा जोड दिइयो। आमनागरिक, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, सामाजिक अगुवा तथा जनप्रतिनिधिहरूको सक्रिय भूमिका बिना यस्तो प्रणाली प्रभावकारी नहुने सहभागीहरूलाई जानकारी गराइएको थियो।

सहभागीहरूलाई टोल तथा समाजमा कुनै असामान्य स्वास्थ्य समस्या वा रोगका लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा फोन, एसएमएस वा प्रत्यक्ष जानकारी गराउन आग्रह गरिएको थियो। साथै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सञ्चालित निःशुल्क हटलाइन सेवा ‘हेल्लो स्वास्थ्य १११५’ मा समेत जानकारी दिन सकिने बताइएको छ।

कार्यक्रमका प्रशिक्षक PHRD का कार्यक्रम अधिकृत राजिव चौधरी तथा आधारभूत स्वास्थ्य सेवा केन्द्र छपकैया–२ का अहेव भूषण गुप्ताले अनपेक्षित जनस्वास्थ्य घटना के हो, किन समयमै सूचना आवश्यक हुन्छ र कस्ता लक्षण देखिएमा खबर गर्नुपर्ने भन्ने विषयमा विस्तृत जानकारी दिएका थिए।

उनीहरूले समुदाय स्तरमै रोगको प्रारम्भिक पहिचान र सूचना संकलनले महामारी नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै सबैको सक्रिय सहभागितामा मात्र स्वास्थ्य सुरक्षालाई सुदृढ बनाउन सकिने बताए।

कार्यक्रम वीरगञ्ज महानगरपालिकाका आयुर्वेद अधिकृत रुपनारायण झाको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथिका रूपमा वडा नं. २ का वडा अध्यक्ष महमद रेयाज मियाँ तेली रहेका थिए भने विशिष्ट अतिथिहरूमा वडा सदस्यहरू बसिर मियाँ हजाम, अब्दुल लतिफ अन्सारी, महिला सदस्य सङ्गीता थापा, रम्भा देवी, वडा सचिव कासिम शेख लगायतको उपस्थिति रहेको थियो।

यसैगरी जनस्वास्थ्यका अनमी ईसरत जहाँ खातुन, स्वास्थ्य स्वयंसेविकाहरू शर्मिला शर्मा, पुष्पा सिंह तथा समाजसेवी जफरन मल्लिक , सरोज कुशवाह सहित स्थानीयवासीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रमको मुख्य उद्देश्य समुदायमै देखिने स्वास्थ्य जोखिमलाई समयमै पहिचान गरी सम्बन्धित निकायलाई जानकारी गराई रोगको फैलावट रोक्नु रहेको आयोजकले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंज महानगरको अबैध कर संकलनमा अदालतको ब्रेक , सान्सद पन्तको पहल सफल

पर्सा पोस्ट, बैशाख ११ गते, वीरगञ्ज । जनहितका मुद्दामा निरन्तर...

अदालतको आदेश कार्यान्वयनको नाममा समय नदिइ संरचना भत्काईयो ,, व्यवसाय चौपट – महँगी नियन्त्रणमा सरकार मौन

पर्सा पोस्ट , बैशाख ११ गते बिरगंज । वीरगञ्जको गण्डकदेखि...

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...