पर्साका चारै क्षेत्रमा रास्वपाको ऎतिहासिक जीत , क्षेत्र न.१ बाट हरि पन्त फराकिलो मतान्तरले बिजयी

Date:

पर्सा पोस्ट, फागुन २३ गते, वीरगञ्ज ।
पर्सा जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्य पदका लागि भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले ऐतिहासिक सफलता हासिल गरेका छन्। पर्सा क्षेत्र नम्बर १, २, ३ र ४ मा रास्वपाका उम्मेदवारहरू विजयी भएसँगै जिल्लामा नयाँ राजनीतिक सन्देश गएको विश्लेषण गरिएको छ।

पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट रास्वपाका उम्मेदवार बुद्धि बहादुर पन्त (हरि पन्त) फराकिलो मतान्तरले विजयी भएका छन्। उनले कुल २७ हजार २७४ मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्द्वी प्रदिप यादवलाई पछि पार्दै विजय हासिल गरेका हुन्।

मतपरिणाम सार्वजनिक भएसँगै समर्थक तथा कार्यकर्ताहरूले उत्साहपूर्वक विजय उत्सव मनाएका छन्।
त्यस्तै पर्सा क्षेत्र नम्बर २ बाट रास्वपाका उम्मेदवार सुशील कुमार कानु पनि भारी मतान्तरले विजयी भएका छन्। दुवै विजयी उम्मेदवारलाई निर्वाचन अधिकृतको कार्यालयले आधिकारिक रूपमा निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ।

वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा कडा सुरक्षा व्यवस्थाबीच मतगणना सम्पन्न गरिएको थियो। मतगणनाको अन्तिम परिणाम सार्वजनिक भएसँगै रास्वपा कार्यकर्ता तथा समर्थकहरूले विजय जुलुस निकाल्दै खुसीयाली मनाएका थिए।

प्रमाणपत्र ग्रहणपछि विजयी उम्मेदवारहरूले मतदाताप्रति आभार व्यक्त गर्दै पर्साको समग्र विकास, सुशासन, पारदर्शिता र जनअपेक्षा पूरा गर्ने दिशामा प्रतिबद्ध भएर काम गर्ने बताएका छन्।

यसपटकको निर्वाचन परिणामलाई पर्सामा परिवर्तनको संकेत तथा नयाँ राजनीतिक शक्तिको उदयका रूपमा हेरिएको छ। स्थानीय मतदाताले परम्परागत दलहरू भन्दा फरक विकल्प खोज्दै रास्वपाका उम्मेदवारहरूलाई समर्थन गरेको राजनीतिक विश्लेषकहरूको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

सडक विस्तारसंगै उलेखिएका रुखको संरक्षण : विरगंजमा उदाहरणीय पुन : वृक्षारोपण अभियान

पर्सा पोस्ट, बैशाख ०८ गते, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा जारी...

शैक्षिक संस्थाबाट दलीय संगठन हटाउन प्रधानमन्त्रीको कडा निर्देशन

पर्सा पोस्ट, बैशाख ०७ गते, काठमाडौं । बालेन्द्र शाहले विश्वविद्यालय...