होलिको पूर्वसन्ध्यामा बिरगंज कपडा बैंकद्वारा ८ सय थान नि:सुल्क कपडा बितरण

Date:

पर्सा पोस्ट, फाल्गुन १७ गते, वीरगन्ज।
हर्षोल्लास एवं आपसी एकता–भाइचाराको महापर्व होलीको पूर्वसन्ध्यामा वीरगन्ज कपडा बैंक ले आइतबार वीरगन्जको घण्टाघर परिसरमा शुभकामना आदान–प्रदानसहित करिब ८ सय थान नयाँ तथा नयाँ जस्तै कपडा नि:शुल्क वितरण गरेको छ।

गरिब, असहाय तथा विपन्न समुदायलाई लक्षित गर्दै बैंकले विशेष कार्यक्रम आयोजना गरी होलीको अवसरमा आवश्यक कपडा उपलब्ध गराएको हो। संस्थाले प्रत्येक आइतबारदेखि शुक्रबारसम्म बिहान १० बजेदेखि साँझ ५:३० बजेसम्म र शनिबार दिउँसो १ बजेसम्म वीरगन्ज–८ स्थित आफ्नै कार्यालयबाट नियमित रूपमा नि:शुल्क कपडा वितरण गर्दै आएको कोषाध्यक्ष मनोज मिश्राले जानकारी दिए।
कार्यक्रमका प्रमुख अतिथि, संस्थाका संरक्षक वरिष्ठ समाजसेवी तथा अधिवक्ता सुरेन्द्र कुर्मीले मानव सेवाभन्दा ठूलो धर्म अरू कुनै नभएको उल्लेख गर्दै आफ्नो आम्दानीको कम्तीमा ५ प्रतिशत रकम दिनदुःखी तथा असहायको सेवामा सहयोग गर्न सबैलाई आग्रह गरे। उनले होली रङको मात्र पर्व नभई सत्यता, सद्भाव, एकता र भाइचारा सुदृढ गर्ने अवसर भएको उल्लेख गर्दै शान्तिपूर्ण रूपमा पर्व मनाउन आह्वान गरे।

संस्थाका अध्यक्ष लालबाबू सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सल्लाहकार अधिवक्ता पन्नालाल गुप्ता, समाजसेवी वरुण चौरसिया, नेपाल बार एसोसिएसन पर्साका सदस्य आशुतोष तिवारी, आदिवासी जनजाति पत्रकार महासंघ पर्साका अध्यक्ष मुनेश लायो मगर, समाजसेवी गौरी गुप्ता, युवा समाजसेवी हुकुम सिंह राजपुत, आइज नेपाल पर्साकी कोषाध्यक्ष रुपशिला जैसवाल, सिए गुड्डु रौनियार, घण्टाघर प्रहरी पोष्टका प्रमुख राम विनोद झा, सल्लाहकार श्रवण बहादुर रायमाझी, सदस्यहरू हरेन्द्र पटेल (बाबा), जानकी देवी, नवराज भट्टराई, केदार गुप्ता, सुरज श्रीवास्तव, राहुल सिंह राजपुत, कर्मचारी मिथलेश श्रीवास्तव लगायत सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
विशिष्ट अतिथि पन्नालाल गुप्ताले चाडपर्वका बेला सबैको नयाँ लुगा किन्ने सामर्थ्य नहुने भएकाले नयाँ तथा प्रयोगयोग्य कपडा उपलब्ध गराई विपन्नको अनुहारमा मुस्कान ल्याउनु सामाजिक उत्तरदायित्व भएको बताए। उनले वीरगन्ज कपडा बैंकको मानवीय अभियानमा हातेमालो गर्न सबैलाई आग्रह गरे।

अध्यक्ष सिंहले होली विशेष वितरण कार्यक्रमका लागि काठमाडौं निवासी रवि परियार र उनका तीन साथीबाट ३० वटा नयाँ होली टिसर्ट सहयोग प्राप्त भएको जानकारी दिँदै सम्पूर्ण दाता, सल्लाहकार, शुभेच्छुक, सञ्चारकर्मी तथा सदस्यहरूप्रति आभार व्यक्त गरे। उनले होली पर्वले देश–विदेशमा शान्ति, समृद्धि र आपसी एकता बलियो बनाओस् भन्ने कामना गर्दै सम्पूर्णमा शुभकामना व्यक्त गरे।

वीरगन्ज कपडा बैंकले विगतदेखि नै मानवीय सेवामा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। संस्थाको यस पहलले विशेषगरी विपन्न वर्गलाई चाडपर्वमा नयाँ कपडाको अनुभूति गराउँदै सामाजिक सद्भाव अभिवृद्धि गर्न योगदान पुगेको स्थानीयवासीले बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

सडक विस्तारसंगै उलेखिएका रुखको संरक्षण : विरगंजमा उदाहरणीय पुन : वृक्षारोपण अभियान

पर्सा पोस्ट, बैशाख ०८ गते, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा जारी...

शैक्षिक संस्थाबाट दलीय संगठन हटाउन प्रधानमन्त्रीको कडा निर्देशन

पर्सा पोस्ट, बैशाख ०७ गते, काठमाडौं । बालेन्द्र शाहले विश्वविद्यालय...