“बिरगंज उठछ भने देश उठछ “- विकास , रोजगारी र भ्रष्टाचार अन्त्यको एजेन्डासहित चुनावी मैदानमा अजय चौरसिया

Date:

पर्सा पोस्ट, फागुन ०९ गते, वीरगंज।
मुलुककै आर्थिक इन्जिन मानिने वीरगंज अहिले विभिन्न संरचनागत समस्याले थलिएको अवस्था छ। सडकमा उड्ने धुलो, सिर्सिया नदीबाट फैलिने दुर्गन्ध, उद्योगधन्दा बन्द हुँदा बढ्दो बेरोजगारी तथा बाढीका कारण हुने क्षतिले यहाँका बासिन्दाको दैनिकी प्रभावित बनेको छ। यही अवस्थालाई परिवर्तन गर्ने संकल्पसहित नेकपा उम्मेदवार अजय चौरसिया चुनावी मैदानमा उत्रिएका छन्।

चुनावी अभियानका क्रममा चौरसियाले वीरगंजको वर्तमान अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गर्दै प्रश्न उठाए — “जुन सहरले देशको ढुकुटी भर्छ, त्यहीँका युवा किन राहदानी बोकेर विदेशिन बाध्य छन्?” उनका अनुसार उद्योग बन्द हुनु, भ्रष्टाचार बढ्नु र बाढी नियन्त्रणमा कमजोरी रहनु असफल नेतृत्वको परिणाम हो।

उनले अब वीरगंजलाई केवल कर संकलन गर्ने सहरको रूपमा होइन, राष्ट्रिय प्राथमिकतामा राखेर योजनाबद्ध विकास गर्ने नेतृत्व आवश्यक रहेको बताएका छन्।

# भ्रष्टाचार अन्त्य मुख्य एजेन्डा:
चौरसियाले आफ्नो प्रमुख एजेन्डा भ्रष्टाचार नियन्त्रणलाई बनाएका छन्। सार्वजनिक पदमा बसेकाहरूको सम्पत्ति छानबिन गर्न ‘स्वतन्त्र सम्पत्ति छानबिन आयोग’ गठन गर्ने, बेरुजु फछ्र्यौट नगर्ने अधिकारीको पदोन्नति र पेन्सन रोक्ने प्रस्ताव उनले अघि सारेका छन्।

“राजनीति सेवा हो, कमाउने माध्यम होइन,” भन्दै उनले पाँच वर्षमा ५ लाख तथा वार्षिक १.५ लाख रोजगारी सिर्जना गर्ने ‘रोजगार क्रान्ति अभियान’ घोषणा गरेका छन्। वीरगंजका उद्योगमा स्थानीय युवालाई पहिलो प्राथमिकता दिन कानुनी व्यवस्था गरिने उनको प्रतिबद्धता छ।
# महिला र दलित सशक्तीकरणमा विशेष जोड:
उनले महिला उद्यमीलाई २५ प्रतिशत ब्याज छुट, सुत्केरी महिलालाई ६ महिनासम्म बिदा, तथा एकल महिलाको भत्ता वृद्धि गर्ने कार्यक्रम सार्वजनिक गरेका छन्।
# त्यसैगरी दलित समुदायको सम्मान र समानुपातिक:  प्रतिनिधित्व सुनिश्चित गर्न ‘दलित अधिकार दशक’ घोषणा गर्ने योजना पनि अघि सारेका छन्।
# उनको नारा छ — “अब विभेद होइन, सम्मान।” :
‘पुनर्जागरण योजना’ : उद्योगदेखि स्मार्ट सिटीसम्म

चौरसियाले वीरगंजको आर्थिक पुनर्जागरणका लागि बन्द अवस्थामा रहेका कृषि औजार कारखाना र चिनी मिल पुनः सञ्चालन गर्ने, साना व्यवसायीलाई वार्षिक १२ लाख रुपैयाँसम्मको आयकरमा पूर्ण छुट दिने र बैंकिङ क्षेत्रमा पारदर्शिता कायम गर्ने योजना प्रस्तुत गरेका छन्।

त्यसका साथै वीरगंजलाई धुलो र फोहोरमुक्त ‘स्मार्ट सिटी’ बनाउने, नियमित सडक धुलो नियन्त्रण, ढल व्यवस्थापन तथा सिर्सिया नदी सरसफाइका लागि दीर्घकालीन परियोजना सञ्चालन गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्। बाढी नियन्त्रणका लागि तटबन्ध सुदृढीकरण र आधुनिक जलनिकास प्रणाली निर्माण गरिने उनको भनाइ छ।
# मतदातालाई अपिल:
उनका अनुसार यो निर्वाचन केवल प्रतिनिधि चयन गर्ने प्रक्रिया मात्र नभई वीरगंजको भविष्य निर्धारण गर्ने अवसर हो।
“वीरगंज उठ्छ भने देश उठ्छ,” भन्दै उनले मतदातालाई डर, दबाब र प्रलोभनबाट मुक्त भई विवेकपूर्ण निर्णय गर्न आग्रह गरेका छन्।
अब मतदाताले वीरगंजको अस्मिता जोगाउने र विकासको नयाँ अध्याय सुरु गर्ने उनको आह्वानलाई कत्तिको साथ दिन्छन् भन्ने भने आगामी निर्वाचनले तय गर्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...

सडक विस्तारसंगै उलेखिएका रुखको संरक्षण : विरगंजमा उदाहरणीय पुन : वृक्षारोपण अभियान

पर्सा पोस्ट, बैशाख ०८ गते, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा जारी...