शिक्षित र अनुभवी नेतुत्वको आवस्यकता – सिए अजय चौरसियाको घरदैलो , ‘ बिरगंजलाई आर्थिक नगरी बनाउछु ‘

Date:

पर्सा पोस्ट , फागुन ०४ गते , बिरगंज  ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सिए अजय चौरसियाले सोमबार चुनावी अभियानलाई तीव्रता दिँदै वीरगञ्ज महानगरपालिका–८ गहवा, रेल्वे रोड, रामटोल लगायतका क्षेत्रमा घरदैलो कार्यक्रम सञ्चालन गरेका छन्। घरदैलोका क्रममा उनले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट तथा संवाद गर्दै आफ्ना विकास एजेन्डा प्रस्तुत गरेका हुन्।
मतदातासँग कुराकानी गर्दै चौरसियाले “अबको निर्वाचनमा शिक्षित, नीतिनिर्माणबारे ज्ञान भएका र अनुभव प्राप्त व्यक्तिलाई नेतृत्वमा पुर्‍याउनुपर्छ” भन्दै योग्य नेतृत्व चयन नगरेसम्म देशले गति लिन नसक्ने धारणा राखे। उनले कम शिक्षित र नीतिगत ज्ञानविहीन नेतृत्वकै कारण विकास प्रक्रिया कमजोर बनेको दाबी गरे।

आफू चार्टर्ड एकाउन्टेन्ट (सिए), सफल उद्यमी तथा अध्ययन-अनुभवले परिपक्व व्यक्तिका रूपमा रहेको उल्लेख गर्दै उनले तारा छापमा मतदान गरी विजयी गराउन मतदातासँग आग्रह गरे। निर्वाचित भएपछि आर्थिक समस्या समाधानका लागि प्रभावकारी नीति निर्माण, भ्रष्टाचार नियन्त्रणका लागि कडा कानुनी व्यवस्था तथा रोजगारी सिर्जना आफ्नो पहिलो प्राथमिकता हुने उनले बताए।

चौरसियाले युवाहरूको विदेश पलायन रोक्न स्वदेशमै स्वरोजगार र उद्यमशीलता प्रवर्द्धन गर्ने, आधुनिक तथा व्यवसायिक कृषि प्रणाली विकासमा सहयोग पुर्‍याउने तथा लगानीमैत्री वातावरण तयार पार्ने प्रतिबद्धता व्यक्त गरे।
“बिरगञ्ज देशको प्रमुख व्यापारिक नाका हो, तर सम्भावना अनुसार विकास हुन सकेको छैन,” उनले भने, “शिक्षित, नीतिनिर्माणमा सक्षम र अनुभवी नेतृत्वलाई जिताएर पठाएमा बिरगञ्जलाई वास्तविक अर्थमा आर्थिक नगरीका रूपमा विकास गर्न विशेष पहल गर्छु।”

उनले सहरको पूर्वाधार सुधार, व्यवस्थित व्यापारिक वातावरण, उद्योग-व्यवसायमैत्री नीति र लगानी संरक्षणका लागि संसद्मार्फत पहल गर्ने बताए। घरदैलो कार्यक्रममा स्थानीय नागरिकहरूले सडक, ढल, रोजगार, शिक्षा, स्वास्थ्य र व्यापारिक सहजतासम्बन्धी विभिन्न समस्या र सुझाव राखेका थिए। ती विषयलाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता समेत उनले जनाएका छन्।

चुनावी अभियानलाई जनतासँग प्रत्यक्ष संवादको माध्यम बनाउँदै अघि बढिरहेको उल्लेख गर्दै चौरसियाले मतदाताको विश्वास र समर्थन प्राप्त हुनेमा आफू विश्वस्त रहेको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...