दक्षिण एसियामा शान्ति र सहकार्य प्रवर्द्धनमा पत्रकारिताको भुमिका महत्वपूर्ण : अन्तर्राष्ट्रिय सम्मेलन नयाँ दिल्लीमा सम्पन्न

Date:

पर्सा पोस्ट , माघ २६ गते , नयाँ दिल्ली ।
भारतको राजधानी नयाँ दिल्लीस्थित भारतीय विद्यापीठ तथा सार्क जर्नलिस्ट फोरम (SAJF) इण्डिया च्याप्टरको संयुक्त आयोजनामा “दक्षिण एसियामा शान्ति स्थापना र सहयोगमा पत्रकारिताको भूमिका” विषयक अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। सम्मेलनमा नेपाल, भारत, श्रीलङ्का, बङ्गलादेश, पाकिस्तान, भुटान लगायतका दक्षिण एसियाली देशबाट सहभागी पत्रकारहरूबीच बृहत् छलफल गरिएको थियो।

भारतीय विद्यापीठका निर्देशक प्रोफेसर एम. एन. होदाको अध्यक्षतामा सम्पन्न सम्मेलनमा सार्क जर्नलिस्ट फोरमका अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामा, महासचिव मो. अब्दुर रहमान, अन्तर्राष्ट्रिय सदस्य इस्मिता मिश्रा, श्रीलङ्का च्याप्टरका अध्यक्ष राहुल सामन्था, इण्डिया च्याप्टरका अध्यक्ष अनिरुद्ध सुधांशु लगायतले सम्बोधन गरेका थिए।

कार्यक्रममा सार्क जर्नलिस्ट फोरमका अन्तर्राष्ट्रिय सदस्य भुटानका रिन्जिन वाङचुक तथा पाकिस्तान च्याप्टरका महासचिव हुश्नयन चौधरीले भिडियो सन्देशमार्फत सम्मेलनलाई सम्बोधन गर्दै दक्षिण एसियामा शान्ति, सहकार्य र आपसी विश्वास निर्माणमा पत्रकारिताको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे।

सम्मेलनमा सहभागी वक्ताहरूले सार्क क्षेत्र राजनीतिक, सामाजिक तथा कूटनीतिक चुनौतीले ग्रसित भए पनि निष्पक्ष, जिम्मेवार र तथ्यपरक पत्रकारितामार्फत शान्ति स्थापना र क्षेत्रीय सहयोग प्रवर्द्धन गर्न सकिनेमा जोड दिएका थिए। पत्रकारिताले जनमत निर्माण, आपसी समझदारी अभिवृद्धि र द्वन्द्व न्यूनीकरणमा सकारात्मक योगदान दिन सक्ने धारणा उनीहरूले व्यक्त गरे।

यसैबीच, सम्मेलनका अवसरमा सार्क जर्नलिस्ट फोरम इण्डिया च्याप्टरद्वारा स्थापित यस वर्षको तेस्रो “युगल किशोर शुक्ला अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार”बाट नेपालका नृपेन्द्र लाल श्रेष्ठ, भारतका शशिभूषण कुमार र श्रीलङ्काका जानका सम्मानित भएका छन्।

त्यसैगरी पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याएको कदर गर्दै पत्रकारहरू राजु लामा, अब्दुर रहमान, राहुल सामन्था, नुर नबी, मो. योसूफुद्दिन, रुद्र सुवेदी, सद्दाब मल्लिक, अभिलाष गुप्ता, दिपेन्द्र प्रजापती, शैलेश साह कानु, अजमत अली लगायतलाई पनि अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको आयोजकले जनाएको छ।

अन्तर्राष्ट्रिय सम्मेलनले दक्षिण एसियाली देशबीच पत्रकारितामार्फत शान्ति, सद्भाव र सहकार्यलाई थप मजबुत बनाउने विश्वास सहभागीहरूले व्यक्त गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...

सडक विस्तारसंगै उलेखिएका रुखको संरक्षण : विरगंजमा उदाहरणीय पुन : वृक्षारोपण अभियान

पर्सा पोस्ट, बैशाख ०८ गते, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा जारी...