सार्क पत्रकार मञ्चद्वारा नेपाल च्याप्टरका प्रदेश संयोजक मनोनीत , बिहारमा अन्तर्राष्ट्रिय पत्रकार सम्मेलन सम्पन्न

Date:

पर्सा पोस्ट , पुष २२ गते , बिरगंज । सार्क पत्रकार मञ्चले नेपाल च्याप्टर अन्तर्गत विभिन्न प्रदेशका पत्रकारहरूलाई प्रदेश शाखा संयोजकको जिम्मेवारी प्रदान गरेको छ। मञ्चले मधेश प्रदेशमा मो. सद्दाब, बागमती प्रदेशमा राजु नापित, सुदूरपश्चिम प्रदेशमा करण ताम्राकार, कर्णाली प्रदेशमा युवराज शर्मा, लुम्बिनी प्रदेशमा दशरथ घिमिरे, गण्डकी प्रदेशमा रूद्र श्रेष्ठ मगर र कोशी प्रदेशमा भोला श्रेष्ठलाई प्रदेश संयोजकमा मनोनीत गरेको हो।

सार्क जर्नलिस्ट फोरम इन्टरनेशनलका अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामाले उक्त मनोनयनबारे जानकारी गराउँदै नेपालमा मञ्चको संगठनलाई प्रदेशस्तरमा थप सुदृढ बनाउने उद्देश्यका साथ संयोजकहरू चयन गरिएको बताए।

मधेश प्रदेशका संयोजक मो. सद्दाब मलिकले चाँडै नै प्रदेश कार्यसमिति विस्तार गरिने र पत्रकारहरूको हकहित, क्षमता अभिवृद्धि तथा अन्तर्राष्ट्रिय सहकार्यमा मञ्च सक्रिय रहने जानकारी दिए।

यसैबीच, भारतको बिहार राज्यअन्तर्गत नालन्दामा पुस २० र २१ गते अन्तर्राष्ट्रिय पत्रकार सम्मेलन सम्पन्न भएको छ। सार्क जर्नलिस्ट फोरम इन्टरनेशनल च्याप्टर बिहार, नालन्दा खुला विश्वविद्यालय, अमरपाली कला–साहित्य सम्मेलन तथा मानवअधिकार टुडेको संयुक्त आयोजनामा सम्मेलन गरिएको हो।

उक्त सम्मेलनमा नेपालबाट सहभागी नृपेन्द्रलाल श्रेष्ठ, सद्दाब मलिक, दिपेन्द्र प्रजापति, सैलेश गुप्ता, अभिलाष गुप्ता, राजन कुमार सिंह र सुभास रामलाई पत्रकारिता क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान प्रदान गरिएको थियो।

सम्मेलनमा सार्क जर्नलिस्ट फोरम इन्टरनेशनलका अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामा, महासचिव अब्दुल रहमानलगायत विभिन्न देशका पत्रकार तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...

सडक विस्तारसंगै उलेखिएका रुखको संरक्षण : विरगंजमा उदाहरणीय पुन : वृक्षारोपण अभियान

पर्सा पोस्ट, बैशाख ०८ गते, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा जारी...