पर्सा क्षेत्र न. ४ मा जनमत पार्टीको महत्त्वपूर्ण निर्णय प्रतिनिधिसभा उमेदवारका लागि सिमा गुप्ता सिफारिस

Date:

पर्सा पोस्ट , पौष ०१ गते , बिरगंज ।

पर्सा क्षेत्र नं. ४ अन्तर्गत जनमत पार्टीद्वारा हिजो सम्पन्न निर्वाचन क्षेत्रीय स्तरीय बैठकले आगामी निर्वाचनलाई लक्षित गर्दै महत्वपूर्ण निर्णयहरू गरेको छ। बृजेश्वर प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न बैठकमा गहन छलफलपछि प्रतिनिधिसभा उम्मेदवारका लागि महिला नेत्री सिमा गुप्तालाई सर्वसम्मत रूपमा एकल नाम सिफारिस गरिएको हो।

बैठकले संगठनात्मक संरचना थप सुदृढ बनाउने उद्देश्यले जगदीश पटेलको संयोजकत्वमा १३ सदस्यीय कोर कमिटी गठन गर्ने निर्णय पनि गरेको छ। उक्त कोर कमिटीले निर्वाचन तयारी, जनसम्पर्क विस्तार तथा पार्टी गतिविधिहरूलाई प्रभावकारी रूपमा अघि बढाउने जिम्मेवारी पाउने जनाइएको छ।

यसैबीच, जनमत पार्टी पर्सा क्षेत्र नं. ४ को अर्को बैठक पौष ०५ गते शनिबार दिउँसो १२ बजे कालिकामाई गाउँपालिका–४, कटी बलुवामा बस्ने कार्यक्रम तय गरिएको छ। आगामी बैठकमा निर्वाचन रणनीति, संगठन विस्तार तथा भावी कार्ययोजनाका विषयमा विस्तृत छलफल हुने पार्टीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

गहवामाई मेलामा लायन्स क्लबको सेवाभाव : ६०० भन्दा बढी श्रद्धालुलाई प्रसाद वितरण

पर्सा पोस्ट, कार्तिक ०२ गते, वीरगञ्ज । बडादशैँको अवसरमा वीरगञ्जस्थित...

महाअष्टमीमा वीरगञ्ज कपडा बैंकको मानवतामुखी अभियान, १ हजार ५०० जनालाई निःशुल्क कपडा र चनाभुजा वितरण

‘कोही पनि नाङ्गो नरहोस्’ भन्ने मूलमन्त्रसहित बडादशैँमा विपन्न तथा...

पत्रकारलाई ज्यान मार्ने धम्की दिने व्यवसायी अग्रवाललाई प्रेस सेन्टरको कडा चेतावनी

पर्सा पोस्ट, कार्तिक १ गते, वीरगञ्ज । समाचार सम्प्रेषण गरेको...