पर्सा पोस्ट , पौष ०१ गते , बिरगंज ।
पर्सा क्षेत्र नं. ४ अन्तर्गत जनमत पार्टीद्वारा हिजो सम्पन्न निर्वाचन क्षेत्रीय स्तरीय बैठकले आगामी निर्वाचनलाई लक्षित गर्दै महत्वपूर्ण निर्णयहरू गरेको छ। बृजेश्वर प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न बैठकमा गहन छलफलपछि प्रतिनिधिसभा उम्मेदवारका लागि महिला नेत्री सिमा गुप्तालाई सर्वसम्मत रूपमा एकल नाम सिफारिस गरिएको हो।
बैठकले संगठनात्मक संरचना थप सुदृढ बनाउने उद्देश्यले जगदीश पटेलको संयोजकत्वमा १३ सदस्यीय कोर कमिटी गठन गर्ने निर्णय पनि गरेको छ। उक्त कोर कमिटीले निर्वाचन तयारी, जनसम्पर्क विस्तार तथा पार्टी गतिविधिहरूलाई प्रभावकारी रूपमा अघि बढाउने जिम्मेवारी पाउने जनाइएको छ।
यसैबीच, जनमत पार्टी पर्सा क्षेत्र नं. ४ को अर्को बैठक पौष ०५ गते शनिबार दिउँसो १२ बजे कालिकामाई गाउँपालिका–४, कटी बलुवामा बस्ने कार्यक्रम तय गरिएको छ। आगामी बैठकमा निर्वाचन रणनीति, संगठन विस्तार तथा भावी कार्ययोजनाका विषयमा विस्तृत छलफल हुने पार्टीले जनाएको छ।