बहुदरामाई मेलामा विरगन्ज कपडा बैंकद्वारा १ हजार ५० थान कपडा वितरण

Date:

पर्सा पोस्ट, कार्तिक २३ गते, वीरगन्ज । वीरगन्ज कपडा बैंकले बहुदरामाई मेलाको अवसरमा नि:शुल्क कपडा वितरण गरेको छ। बहुदरामाई नगरपालिका–२, ध्यानसिंह पिपरास्थित प्रसिद्ध बहुदरामाई मन्दिरको प्राङ्गणमा लाग्ने पाँच दिने मेलाको अवसरमा शनिबार बैंकले १ हजार ५० थान नयाँ तथा पुराना कपडा वितरण गरेको सचिव कन्हैया पटेलले जानकारी दिनुभयो।

सो अवसरमा बैंकका सल्लाहकार तथा समाजसेवी रायमाझीले दिनदुःखी, असहाय र विपन्न वर्गका मानिसहरूलाई सहयोग गर्नु नै मानवताको प्रतिविम्ब भएको बताउँदै सबैलाई मानवीय सेवामा सहभागी हुन आग्रह गर्नुभयो। उहाँले “सेवा नै सर्वोत्तम धर्म हो” भन्ने सन्देश दिँदै दान–सहयोगका माध्यमबाट समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने उल्लेख गर्नुभयो।

वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबू सिंहको अध्यक्षतामा सम्पन्न उक्त नि:शुल्क वितरण कार्यक्रममा सञ्चारकर्मी शम्भु महतो थारु, र्कज सरफ, निरंजन मिश्र, सदस्यहरू निला कुमारी राम, नवराज भट्टराई, जानकी देवी, सञ्जय साह, कर्मचारी शोभा देवी तथा स्थानीय समाजसेवी नागेन्द्र यादव लगायतको सक्रिय सहभागिता रहेको कोषाध्यक्ष मनोज मिश्राले जानकारी दिनुभयो।

कार्यक्रममा अध्यक्ष सिंहले “सेवा नै धर्म हो” भन्ने मुलमन्त्र आत्मसात् गर्दै भन्नुभयो, “तपाईंसँग धेरै छ भने हामीलाई दिनुस्, र तपाईंलाई आवश्यकता छ भने हामीसँग नि:शुल्क लिनुहोस्।” विगत सात वर्षदेखि निरन्तर मानवीय सेवामा समर्पित कपडा बैंकलाई सहयोग गर्दै आएका सम्पूर्ण दाता, शुभेच्छुक, सञ्चारकर्मी, सल्लाहकार र पदाधिकारी सदस्यहरूलाई उहाँले हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

आध्यात्मिक अभ्यासमार्फत आत्मा- परमात्माको एकता सम्भव : बिमल सरार्फ

पर्सा पोस्ट, बैशाख १४ गते, रक्सौल (पूर्वी चम्पारण) । आत्मा...

विपन्न दलित परिवारको बिहेमा खाद्यन्न सहयोग , स्थानीयबाट मनविय उदाहरण प्रस्तुत

पर्सा पोस्ट, बैशाख १४ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–२...

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...